२०८३, आश्विन २१ गते

बुधवार, आश्विन २१ गते २०८३

नेविसंघका पूर्व महामन्त्री मनोजमणि आचार्यद्धारा कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी

मंगलवार , आश्विन २०, २०८३

काठमाडौँ, २० असोज । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा मनोजमणि आचार्यले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन्।

खस आर्यतर्फ उम्मेदवारी दिएका उनले गत पुसमा भएको पार्टीको दोस्रो विशेष महाधिवेशन सम्पन्न गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। 

तर उनले कुनै पनि पद नलिइ त्यागको भूमिका खेलेका थिए। अर्थात् उनी पद ओगट्न भन्दा पनि पार्टीलाई संविधानअनुसार र पार्टीको विधानअनुसार चलाउनु पर्छ भनेर कुनै पनि पद नलिइ विशेष महाधिवेशन सम्पन्न गर्न भूमिका खेलेका थिए। 

त्यतिमात्र होइन उनले गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समेत उम्मेदवारी नदिइ पार्टीलाई संगठित गर्न लागि परेका थिए।

आचार्य लामो समय नेपाल विद्यार्थी संघको राजनीतिमा गगनकुमार थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गुरुराज घिमिरेहरूसँग सँगसँगै काम गरेका नेता हुन्।

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार