पोखरा, २९ वैशाख । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापतिले उम्मेदवारी दिनुभएको छ ।
यसअघि सामाखुशी यातायात व्यवसायी संघ र कम्पनीको सफल नेतृत्व गरिसक्नुभएका प्रजापतिले सक्षम नेतृत्व र सबल संगठनको नारासहित वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिनुभएको हो ।
व्यवसायीहरूको भावनालाई नजिकबाट बुझ्ने र उनीहरूका समस्या समाधानमा सधैं अग्रसर रहने नेताको रूपमा प्रजापतिको पहिचान रहेको छ । सबै पक्ष र विचारलाई समेटेर साझा उद्देश्यका लागि अघि बढ्न सक्ने उहाँको समावेशी क्षमतालाई प्रतिनिधिहरूले उच्च मूल्यांकन गरेका छन् ।
कुशल व्यवस्थापन, स्पष्ट दृष्टिकोण र पारदर्शिता प्रजापतिका मुख्य पक्ष हुन् । संगठनलाई थप सशक्त, मर्यादित र गतिशील बनाउने दृढ प्रतिबद्धताका साथ प्रजापतिले वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिनुभएको हो ।
प्रजापतिले प्रतिनिधीलाई आफ्नो अमूल्य मत प्रदान गरी भारी बहुमतले विजयी गराउन अनुरोध समेत गरेका छन् ।





















