Home पर्यटन अष्ट्रेलियाको अनुभव नेपालको हस्पिटालिटी क्षेत्रमा लगाउँदै क्रिस्टिना श्रेष्ठ

अष्ट्रेलियाको अनुभव नेपालको हस्पिटालिटी क्षेत्रमा लगाउँदै क्रिस्टिना श्रेष्ठ

0
22

काठमाडौँ, ११ असार । नेपालको हस्पिटालिटी (आतिथ्य) क्षेत्रमा पछिल्लो समय महिला नेतृत्व तहमा पुग्ने क्रम बढ्दो छ । यसै क्षेत्रमा झण्डै दुई दशक लामो अनुभव सँगालेकी क्रिस्टिना श्रेष्ठ शाक्यको कथा धेरैका लागि प्रेरणादायी हुनसक्छ ।

बुबा कृष्णकुमार र आमा दिनाकुमारीको ज्येष्ठ सुपुुत्रीका रुपमा काठमाडौँमा जन्मनुभएकी क्रिस्टिनाले अष्ट्रेलियाको अनुभवलाई नेपालको हस्पिटालिटी क्षेत्रमा प्रयोगमा ल्याउनुभएको छ । उहाँको पुख्यौली थलो भने तनहुँ हो ।

क्रिस्टिनाको प्रारम्भिक शिक्षा काठमाडौँको कुलेश्वरस्थित ‘न्यू होराइजन’ बोर्डिङ स्कूलबाट सुरु भएको हो । कक्षा ८ देखि १० सम्मको पढाई भने त्रिपुरेश्वरस्थित विश्व निकेतन उच्च माविबाट पुरा भयो । क्याम्ब्रिज कलेजबाट ‘प्लस टु’ सकेलगत्तै उहाँले छोटो समय मल्होत्रा इन्टरप्राइजेजमा कम्प्युटर अपरेटरको रूपमा काम गर्नुभयो ।

सन् २००८ मा उच्च शिक्षाका लागि अष्ट्रेलिया पुग्नुकी क्रिस्टिनाले त्यहाँको ‘स्टर्लिङ कलेज’मा ‘कुलिनरी आट्र्स’ पढ्न सुरु गर्नुभयो । पहिलोपटक अष्टे«ेलिया पुग्नभएकी क्रिष्टिनाले पढाईका क्रममा आर्थिक सङ्घर्ष गर्नुपरो । अष्ट्रेलियामा पढाइसँगै आफ्नो गुजारा चलाउनका लागि अष्ट्रेलियामा नेपाली नागरिक सुरज श्रेष्ठले सञ्चालन गर्नुभएको ’काठमाडौं नेवाः छे’ रेस्टुरेन्टमा वेटरका रुपमा पहिलोपटक काम गर्नुभयो ।

‘कुलिनरी आट्र्स’को पढाई र रेस्टुरेन्टमा वेटरको कामका कारण क्रिस्टिना ‘हाउसकिपिङ’ क्षेत्रतर्फ आकर्षित हुनुभयो । ’क्वेष्ट सर्भिस अपार्टमेन्ट’बाट सुरु भएको उहाँको यात्रा इन्टरकन्टिनेन्टल, सेराटन र स्ट्यामफोर्ड जस्ता विश्वविख्यात पाँचतारे होटल सम्म पुग्यो । उहाँले अष्ट्रेलियामा हाउसकिपिङ सुपरभाइजरदेखि कार्यकारी पदसम्मको अनुभव हाँसिल गर्नुभयो । यसका साथै उहाँले त्यहाँ वृद्धवृद्धाहरूको हेरचाह गर्ने ‘नर्सिङ असिस्टेन्ट’ को रूपमा पनि काम गर्नुभयो ।

अष्ट्रेलियाको एक दशक लामा हस्पिटालिटी अनुभव बोकेर सन् २०१८ मा नेपाल फर्कनुभएकी क्रिस्टिनाले नेपालका प्रतिष्ठित होटलमा महत्वपूर्ण जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
नेपाल फर्केलगत्तै नेपालको चर्चित होटल ‘द्वारिकाज होटल’मा हाउसकिपिङ प्रमुखको रुपमा काम गर्नुभएएकी क्रिस्टिनाले त्यसपछि रुपाकोट रिसोर्ट, ठमेलस्थित पाँचतारे मल्ल होटल र हिल्टन होटलमा आफ्नो कार्यकुशलता देखाइसक्नुभएको छ ।

उहाँ हाल नेपालीहरुकै लगानीमा नगरकोटमा सञ्चालनमा आउन लागेको ‘निगालो होटल’मा कार्यकारी सहायक प्रबन्धकको रुपमा कार्यरत हुनुहुन्छ । क्रिस्टिना हस्पिटालिटी क्षेत्रमा मात्र सिमित हुनुहुन्न । उहाँ ‘गेट कलेज’ धुम्बाराहीमा होटल म्यानेजमेन्टको फ्याकल्टी मेम्बरको रूपमा नयाँ पुस्तालाई हस्पिटालिटी क्षेत्रको प्रशिक्षण समेत दिँदै आउनुभएको छ ।

उहाँले नेपाली हस्पिटालिटी क्षेत्रका केही तितो यथार्थ पनि हामीसँग शेयर गर्नुभएको छ । “सुरुमा नेपाल आउँदा बाहिरको अनुभवलाई खासै महत्व दिइँदैनथ्यो, अझैपनि महिलाले नेतृत्व लिँदा वा नाइट ड्युटी गर्दा समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन बाँकी छ,”– उहाँ भन्नुहुन्छ ।

किस्टिनाले नेपाली होटलमा रहेका ‘ट्रेड युनियन’को राजनीति र दक्ष जनशक्ति विदेशिने प्रवृत्तिका कारण यस क्षेत्रमा थप चुनौती थपिँदै गएको बताउनुहुन्छ । “नेपालमा होटल म्यानेजमेन्ट क्षेत्रमा स्नातक तह (बी.एच.एम) पढ्ने विद्यार्थीहरू नेपालको लागि भन्दा पनि विदेश जानका लागि पढ्ने गरेका छन्, यसले नेपालको हस्पिटालिटी क्षेत्रलाई चिन्तित बनाएको छ,”– क्रिस्टिना भन्नुहुन्छ ।

उहाँ आफूपनि लामो समय विदेशमा बसेर स्वदेशमै केही गरौँ भन्ने भावनाका साथ नेपाल फर्केको बताउँदै नेपालमा उत्पादित जनशक्तिलाई नेपालमै ठूलो अवसर भएको बताउनुहुन्छ ।

 

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here