पोखरा, २८ वैशाख । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पुण्यप्रसाद (सरोज) सिटौलाले उम्मेवारी दर्ता गर्नुभएको छ ।
पोखरामा जारी सातौँ महाधिवेशनमा सिटौलाले अध्यक्ष पदमा उम्मेवारी दर्ता गरेका हुन् ।
सिटौलाको प्रस्तावकमा महासंघका बहालवाला अध्यक्ष विजयबहादुर स्वाँर र समर्थकमा महासंघका निवर्तमान अध्यक्ष एवम् प्रमुख सल्लाहकार योगेन्द्रनाथ कर्माचार्य रहनुभएको छ ।
यातायात क्षेत्रमा चर्चित सिटौला वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।





















