Home शिक्षा/साहित्य महर्षि कलेजका विद्यार्थीलाई ट्राफिक व्यवस्थापन तालिम (फोटोसहित)

महर्षि कलेजका विद्यार्थीलाई ट्राफिक व्यवस्थापन तालिम (फोटोसहित)

0
2

काठमाडौँ, १२ असार । महर्षि कलेजका विद्यार्थीलाई ट्राफिक व्यवस्थापन तालिम प्रदान गरिएको छ । महर्षि कलेज पवित्रनगरमा अध्ययनरत विद्यार्थीलाई आज ट्राफिक नियमप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ट्राफिक व्यवस्थापन तालिम प्रदान गरिएको हो ।

महर्षि कलेजमा आयोजित कार्यक्रममा ट्राफिक प्रहरी वृत्त नयाँबसपार्कमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) मनिष पराजुलीले कक्षा सञ्चालन गर्नुभयो । तालिममा ट्राफिक संकेतको सही प्रयोग, सडक सुरक्षित रूपमा पार गर्ने तरिका, पैदलयात्रीको अधिकार, सवारी साधनमा यात्रा गर्दा अपनाउनुपर्ने सावधानी तथा ट्राफिक नियम उल्लङ्घन गर्दा हुने जोखिमबारे जानकारी दिइएको थियो ।

कार्यक्रममा ट्राफिक प्रहरीले विद्यार्थीलाई दैनिक जीवनमा ट्राफिक नियमको पालना गर्नु सबैको साझा जिम्मेवारी भएको बताउँदै सडक दुर्घटना न्यूनीकरणका लागि जनचेतना आवश्यक रहेको बताएका थिए ।

कलेजका अध्यक्ष प्रकाशचन्द्र दवाडीले यस्ता तालिमले विद्यार्थीमा अनुशासन, जिम्मेवारीबोध तथा सुरक्षित सडक संस्कृतिको विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विद्यार्थीले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्ने तथा परिवार र समुदायमा पनि ट्राफिक सचेतना फैलाउने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीको उल्लेखनीय सहभागिता रहेको थियो ।

 

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here