Home पर्यटन ठमेलको काठमाडौँ आगन्तुक होटलद्धारा रक्तदान कार्यक्रम, १३१ युनिट रगत सङ्कलन

ठमेलको काठमाडौँ आगन्तुक होटलद्धारा रक्तदान कार्यक्रम, १३१ युनिट रगत सङ्कलन

0
18

काठमाडौँ, २८ जेठ । काठमाडौँको ठमेलस्थित ‘काठमाडौं आगन्तुक होटल’ ले बुधबार आफ्नो चौथो रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । हिमाल ब्लड बैँकसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा १३१ जनाले रक्तदान गरेका थिए ।

छोटो समयको तयारीका बाबजुद पनि स्थानीय समुदायबाट उत्साहजनक प्रतिक्रिया र सहभागिता प्राप्त भएको आयोजकले जानकारी दिएका छन् । कार्यक्रम अवधिभर सम्पूर्ण स्वास्थ्य र सुरक्षा मापदण्डको पूर्ण पालना गरिएको थियो, जसले गर्दा कार्यक्रम व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न भयो ।

काठमाडौं आगन्तुक होटलका सञ्चालक भविश्वर शर्माले रक्तदान अभियान सफल पार्न सहयोग गर्ने सम्पूर्ण स्वयंसेवक र रक्तदाताहरू प्रति आभार व्यक्त गर्नुभयो ।

“आजको कार्यक्रम सफल बनाउन सहभागी हुनुभएका सबै महानुभावहरू र रक्तदाताहरूको गरिमामय उपस्थितिले ठूलो भूमिका खेलेको छ, म सबै रक्तदाता, हाम्रा समर्पित स्वयंसेवक, हिमाल ब्लड बैँकको टोली र होटलका कर्मचारीप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु,”– उहाँले भन्नुभयो ।

यस अभियानको सफलताबाट उत्साहित हुँदै होटल व्यवस्थापनले यसलाई संस्थागत गर्ने घोषणा गरेको छ । यस क्षेत्रमा रगतको माग र आवश्यकतालाई मध्यनजर गर्दै होटलले अबदेखि प्रत्येक तीन महिनामा (त्रैमासिक रूपमा) यस्ता रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

“आज देखिएको उत्साहले हामीलाई थप प्रेरित गरेको छ, आगामी दिनमा पनि स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै हामी यस कार्यक्रमलाई प्रत्येक तीन–तीन महिनामा निरन्तरता दिनेछौँ,”– शर्माले भन्नुभयो ।

निजी क्षेत्रले नेपालको जनस्वास्थ्य पूर्वाधारमा पु¥याएको यो योगदानको चौतर्फी प्रशंसा गरिएको छ । हिमाल ब्लड बैंक जस्ता संस्थाहरूसँगको सहकार्यले रगतको अभावलाई कम गर्न र आवश्यक परेकाहरूका लागि जीवनरक्षक रगत उपलब्ध गराउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

होटल व्यवस्थापनले यो महान सेवामूलक कार्यमा सहयोग गर्ने सम्पूर्ण सहयोगी, दाता र सुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन गरेको छ ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here