पोखरा, ३० वैशाख । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको मतदान सुरु भएको छ ।
महासंघको गत आइतबारदेखि पोखरामा जारी सातौँ राष्ट्रिय महाधिवेशनको आज विहान ७ बजेदेखि मतदान सुरु भएको महासंघका उपमहासचिव पुरुषोत्तम सिंखडाले जानकारी दिनुभयो ।
महासंघको सातौँ महाधिवेशनमा अध्यक्षका लागि चर्चित यातायात व्यवसायी पुण्यप्रसाद (सरोज) सिटौला र हरिशरण केसी उम्मेदवार हुनुहुन्छ । उक्त महासंघले तीन वर्षका लागि नेतृत्व चयन गर्नेछ ।
उक्त महाधिवेशनमा देशभरबाट एक हजार ५०० भन्दा बढी यातायात व्यवसायीले मतदान गर्दैछन् । मतदान विद्युतीय माध्यामबाट भइरहेको छ ।





















