Home ब्रेकिङ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सल्लाहकारमा सुरेश हमाल मनोनित

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सल्लाहकारमा सुरेश हमाल मनोनित

0
4

काठमाडौँ, १३ असार । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सल्लाहकारमा चर्चित युवा व्यवसायी सुरेश हमाल मनोनित हुनुभएको छ ।

महासङ्घको गत असार ४ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले त्रिशिदेश्वरी राप्ती यातायात कम्पनीका परिकल्पनाकार एवम् पूर्वअध्यक्ष हमाललाई सल्लाहकारमा मनोनित गर्ने निर्णय गरेको थियो ।

महासङ्घका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले हमालले यातायात क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै महासङ्घको केन्द्रीय सल्लाहकारमा मनोनित गरिएको जानकारी दिनुभयो ।

अध्यक्ष सिटौलाले हमाललाई महासङ्घको विधानको दफा २१ (१) (क) अनुसार सल्लाहकार पदमा नियुक्त गर्नुभएको हो । महासङ्घले नवनियुक्त सल्लाहकार हमालबाट संस्थाको हितका लागि विधान बमोजिम रचनात्मक सल्लाह र सुझावको अपेक्षा राखेको छ ।

अध्यक्ष सिटौलाले हमाललाई सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई समेत ज्ञापन गर्नुभएको छ । वर्षौंदेखि यातायात व्यवसायीको हकहितमा सक्रिय रहँदै आएका हमालको यो नियुक्तिले महासङ्घको आगामी कार्यदिशा र संगठन सुदृढीकरणमा थप बल पुग्ने विश्वास लिइएको छ ।

 

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here