Home विविध समाजसेवी प्रकाश घिमिरेद्वारा मन्ज्याङ पञ्चैबाजा समूहलाई ६० हजार बराबरको पोशाक सहयोग

समाजसेवी प्रकाश घिमिरेद्वारा मन्ज्याङ पञ्चैबाजा समूहलाई ६० हजार बराबरको पोशाक सहयोग

0
8

काठमाडौँ, १३ असार । समाजसेवी प्रकाश घिमिरेले लमजुङ दोर्दी गाउँपालिका–३, फुजेल गाउँ (मन्ज्याङ) मा रहेको श्री मन्ज्याङ पञ्चैबाजा समूहलाई ६० हजार मूल्य बराबरको पोशाक सहयोग गर्नुभएको छ ।

समाजसेवी घिमिरेले आफ्नो कुलायन पुजाको अवसर पारेर मौलिक कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ उक्त सहयोग प्रदान गर्नुभएको हो ।

लामो समयदेखि वन र वातावरण क्षेत्रको अध्ययनमा क्रियाशिल नेपाल रुलर एण्ड एडभान्समेन्ट कमिटी (एनआरएसी) का प्रबन्ध निर्देशकसमेत रहनुभएका घिमिरेले यसअघि पनि विभिन्न आमा समूह, क्लबलाई सहयोग गर्दै आउनुभएको छ ।

सहयोग कार्यक्रममा बोल्दै समाजसेवी घिमिरेले नेपाली मौलिक बाजा र संस्कृतिको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्दै पञ्चेबाजा समूहलाई अझ व्यवस्थित, सक्षम र आत्मनिर्भर बनाउन सहयोग गरिएको बताउनुभयो ।

उहाँले आगामी दिनमा पनि सांस्कृतिक तथा सामाजिक क्षेत्रमा आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बाजा समूहका अध्यक्ष ताराप्रसाद परियारले आफ्नो पञ्चे बाजा समूहलाई यतिठूलो आर्थिक सहयोग गरेको भन्दै समाजसेवी घिमिरेको उच्च प्रसंशा गर्नुभयो ।

अध्यक्ष परियारले यो सहयोगले सांस्कृतिक यात्रामा नयाँ ऊर्जा र उत्साह थपेको बताउनुभयो । “हाम्रो पुख्र्यौली बाजा र संस्कृतिलाई जोगाउन यस्ता सहयोगी मनहरूको ठूलो भूमिका रहन्छ,”– अध्यक्ष परियारले भन्नुभयो ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here