२०८३, आश्विन २४ गते

शनिवार, आश्विन २४ गते २०८३

नानु बाँस्तोला कांग्रेस महिलातर्फ सहमहामन्त्रीको उम्मेदवार

बिहिवार , आश्विन २२, २०८३

काठमाडौं, २२ असोज। नेपाली कांग्रेसकी नेत्री नानु बाँस्तोलाले पार्टीको १५औँ महाधिवेशनमा महिलातर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिएकी छन् । 

पार्टीभित्र लामो समयदेखि सक्रिय रहँदै आएकी बाँस्तोलाले कांग्रेसलाई थप सुदृढ, समावेशी र गतिशील बनाउँदै नयाँ पुस्ताको भावना र अपेक्षालाई पार्टीको मूलधारमा जोड्ने उद्देश्यसहित सहमहामन्त्री पदमा उम्मेदवारी दिएकी हुन् । 

कांग्रेसको संगठन सुदृढीकरण, कार्यकर्ताको सम्मान तथा पार्टीलाई समयअनुकूल रूपान्तरण गर्ने विषयलाई प्राथमिकतामा राख्दै उनले आफ्नो उम्मेदवारी अघि सारेकी हुन्।

बाँस्तोलाले पार्टीभित्र महिला सहभागिता र नेतृत्व विकासलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै कांग्रेसलाई जनतासँग अझ नजिकको, जिम्मेवार र भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न आफ्नो भूमिका महत्वपूर्ण हुने बताएकी छन् । 

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मतदान भोलि असोज २३ गते हुँदैछ ।  महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्ने भएकाले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ।

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार