काठमाडौँ, ६ भदौ । नेपालको शैक्षिक क्षेत्रको विकासमा छुट्टै पहिचान बनाउन सफल बेदव्यास कलेज सामाखुशीले विद्यार्थीलाई भव्य स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ ।
बेदव्यास कलेजले आज सौगात पार्टी प्यालेसमा एक विशेष समारोहका बीच एसईई र कक्षा १२ का विद्यार्थीहरूको विदाई तथा कक्षा ११ मा अध्ययनरत नयाँ विद्यार्थीहरूको स्वागत कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बेदव्यास स्कुल तथा कलेजका परिकल्पनाकार प्रकाशचन्द्र दवाडीले नेपालको शैक्षिक इतिहासमा बेदव्यासले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको भन्दै उक्त अभियानलाई सफल बनाउन सहयोग गर्ने विद्यार्थी, अभिभावक र शिक्षकलाई धन्यवाद दिनुभयो ।
undefined
उहाँले कलेजले हालको आधुनिक युग सुहाउँदो ‘स्मार्ट क्लास’ र ‘आईटी’ युक्त कक्षाहरू सञ्चालन गर्दै आएको र नर्सरीदेखि कक्षा १० सम्म पनि गुणस्तरीय शिक्षामा जोड दिएको बताउनुभयो ।
विद्यालयका प्राचार्य ओमकार लम्सालले वेदव्यास स्कुल तथा कलेजको दुई दशक लामो गौरवमय इतिहास रहेको उल्लेख गर्नुभयो । उहाँले बेदव्यास कलेजले स्थापना कालदेखि नै एसईई र प्लस टू तहमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको र पछिल्लो दुई वर्षदेखि महर्षि कलेजसँगको सहकार्यमा स्नातक तहका कार्यक्रम पनि सफलतापूर्वक सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो ।
undefined
“हामीले विद्यार्थीहरूका लागि महर्षि कलेजमा बीबीए र बीबीएस जस्ता शैक्षिक कार्यक्रमहरू सर्वसुलभ शुल्कमा उपलब्ध गराएका छौं, हाम्रो मुख्य उद्देश्य संख्यात्मक वृद्धि भन्दा पनि गुणात्मक शिक्षा प्रदान गर्नु हो,”– प्राचार्य लम्सालले भन्नुभयो ।
बेदव्यास कलेजका अध्यक्ष कविता भट्ट दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय सञ्चालक समितिका सदस्य डा केदार दाहाल, महर्षि कलेजका प्राचार्य रमेशचन्द्र अधिकारीलगायतले बेदव्यास ले आगामी दिनमा काठमाडौँमा मात्र नभई देशभर आफ्नो नाम राख्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
undefined
विदाई तथा स्वागत समारोहमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। । कार्यक्रममा कलेजका शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।