Home विविध विश्व वातावरण दिवसको अवसरमा सुन्दरबजार युवा क्लबद्वारा सरसफाइ तथा वृक्षारोपण

विश्व वातावरण दिवसको अवसरमा सुन्दरबजार युवा क्लबद्वारा सरसफाइ तथा वृक्षारोपण

0
14

लमजुङ, २२ जेठ । लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका स्थित सुन्दरबजार युवा क्लब को आयोजनामा आज विश्व वातावरण दिवस विविध कार्यक्रम गरी मनाइएको छ। क्लबका अध्यक्ष  सुजन राना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वातावरण संरक्षण, सरसफाइ तथा जनचेतना अभिवृद्धि सम्बन्धी गतिविधिहरू सञ्चालन गरिएको थियो।

कार्यक्रम अन्तर्गत सरसफाइ अभियान, वातावरण संरक्षणसम्बन्धी सचेतनामूलक प्रचार–प्रसार तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको थियो। सो अवसरमा अध्यक्ष सुजन राना मगरले वातावरण संरक्षण आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै वातावरण स्वच्छ राख्न प्रत्येक नागरिकले आफ्नो घर, टोल र समुदायबाट नै सकारात्मक पहल गर्नुपर्ने बताउनुभयो। उहाँले स्वच्छ वातावरण निर्माणका लागि युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा सुन्दरबजार युवा क्लबका सम्पूर्ण पदाधिकारी, सदस्य तथा युवा साथीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले वातावरण संरक्षणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएका थिए।

विश्व वातावरण दिवसले वातावरण संरक्षणप्रति सबैलाई जिम्मेवार र सचेत बनाउने अवसर प्रदान गरेको उल्लेख गर्दै कार्यक्रममा उपस्थित सुन्दर बजार युबा क्लबका सदस्य सन्तोष गुरुङले वातावरण जोगाउनु भनेको भविष्यका पुस्ताको सुरक्षित जीवन सुनिश्चित गर्नु हो भन्दै सबैलाई वातावरण संरक्षणका अभियानमा सक्रिय रूपमा सहभागी हुन आग्रह गर्नुभयो। उहाँले वातावरण संरक्षणमा सामूहिक प्रयास र जनचेतनाको विस्तार अपरिहार्य रहेको बताउनु भयो।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here