Home पर्यटन आरोग्य पर्यटन प्रवर्द्धनका लागि स्पा व्यवसायीलाई मर्यादित बनाउनुपर्छ

आरोग्य पर्यटन प्रवर्द्धनका लागि स्पा व्यवसायीलाई मर्यादित बनाउनुपर्छ

0
36

काठमाडौँ, २२ जेठः सरकारले घोषणा गरेको आरोग्य पर्यटन प्रवर्द्धनका लागि स्पा व्यवसायलाई मर्यादित ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । स्पा सङ्घ नेपालले आज यहाँ आयोजना गरेको ‘स्पा सेवा मापदण्ड तथा व्यावसायिक आचरणसम्बन्धी कार्यक्रम’मा आरोग्य पर्यटन प्रवर्द्धनमा स्पा व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको भन्दै आचारसंहिता पूर्ण रूपमा पालना गर्नुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा सङ्घका अध्यक्ष सुरेश पुरीले नेपाल सरकारले घोषणा गरेको आरोग्य पर्यटन वर्ष २०२७ लाई सफल बनाउन व्यावसायिक अनुशासन र आचारसंहिता आवश्यक रहेको उल्लेख गर्नुभयो । ग्राहकप्रतिको जिम्मेवारी र सम्मानजनक व्यवहार व्यवसायको जग भएको उहाँको भनाइ छ । “हामीले प्रदान गर्ने सेवा उच्चस्तरीय हुनुपर्छ र हरेक व्यवसायीले आचारसंहितालाई कडाइका साथ पालना गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

सङ्घका महासचिव एवम् नेक्टर स्पाका सञ्चालक अमृत थोकरले शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि योग ध्यान आवश्यक रहेको बताउनुभयो । “सेवाग्राहीलाई गुणस्तरीय सेवा दिनुअघि स्वयं कर्मचारीको जीवनशैली सकारात्मक र सन्तुलित हुन जरुरी छ”, उहाँले भन्नुभयो ।

वरिष्ठ स्पा व्यवसायी एवम् जेन स्पाका सञ्चालक रामदेव महतोले आयुर्वेद थेरापीमार्फत पर्यटन प्रवर्द्धन अहिलेको आवश्यकता रहेको बताउनुभयो । तीनदिने उक्त कार्यक्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ३०० भन्दा बढी स्पा व्यवसायी तथा स्पा थेरापिष्टहरूको सहभागिता छ ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here