Home शिक्षा/साहित्य लघुकथाकार गोपीराम भण्डारीको ‘अवरुद्ध आवाज’ लोकार्पण

लघुकथाकार गोपीराम भण्डारीको ‘अवरुद्ध आवाज’ लोकार्पण

0
6

काठमाडौँ, ५ साउन । सुरभि साहित्य प्रतिष्ठानले लघुकथाकार गोपीराम भण्डारीको लघुकथासङ्ग्रह ‘अवरुद्ध आवाज’ को लोकार्पण गरेको छ।

लोकप्रिय समालोचक युवराज मैनालीको अध्यक्षता र समालोचक प्राडा खगेन्द्रप्रसाद लुइटेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो।

ग्रीनलिफ फुड पुतलीसडकमा भएको कार्यक्रममा गोपी मैनाली र महेश प्रसाईले पुस्तकको समीक्षात्मक टिप्पणी गरेका थिए।

सुरभि साहित्य प्रतिष्ठानका सहसचिव मेनका पोखरेलले शब्द स्वागत गरेको कार्यक्रमको सहजीकरण संस्थाको सचिव अच्युत घिमिरेले गरेका थिए।

आख्यानकार नरेन्द्रराज पौडेल, साहित्यकारहरू विमल भौकाजी, सुवासचन्द्र पौडेल, हरिभक्त सिग्देल,खेमराज पोखरेल, लता केसी, मन्जुश्री प्रधान, दिव्य गिरी, रामप्रसाद पन्त,विष्णु पन्त लगायत को उपस्थिति थियो।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here