Home पर्यटन नेपालको पर्यटन क्षेत्रको विकासमा इमान्दारसाथ लाग्नेछु : वोर्ड सदस्य धमला

नेपालको पर्यटन क्षेत्रको विकासमा इमान्दारसाथ लाग्नेछु : वोर्ड सदस्य धमला

0
14

काठमाडौँ, ५ साउन । नेपाल पर्यटन बोर्डको रिक्त सदस्य पदमा व्यवसायी सहदेव धमला नियुक्त हुनुभएको छ ।

आफ्नो नियुक्तिपछि आज सामाजिक सञ्चालमार्फत प्रतिक्रिया दिँदै धमलाले नेपालको पर्यटन क्षेत्रको श्रीवृद्धि र निजी क्षेत्रका समस्या समाधानका लागि आफू पूर्ण इमानदारीका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

धमलाले आफूलाई बोर्ड सदस्यको रूपमा विश्वास र अवसर प्रदान गर्ने माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, मन्त्रालयका सचिव, छनोट समिति तथा सम्पूर्ण पर्यटन क्षेत्रका अग्रज र व्यवसायीहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ ।

“म यस जिम्मेवारीलाई इमानदारी, पारदर्शिता र उच्च सार्वजनिक उत्तरदायित्वका साथ निर्वाह गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्दछु, नेपालको निजी पर्यटन क्षेत्रका समस्या, चुनौती, सम्भावना र अपेक्षाहरूलाई प्रचलित कानुन र नीतिको परिधिभित्र रही समाधानका लागि रचनात्मक भूमिका निर्वाह गर्ने मेरो मुख्य उद्देश्य रहनेछ,”– धमलाले भन्नुभयो ।

आफ्नो कुनै व्यक्तिगत वा निहित स्वार्थ नरहेको स्पष्ट पार्दै धमलाले पर्यटन क्षेत्रको दिगो विकास, प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि र समग्र समृद्धिमा योगदान पु¥याउनु नै आफ्नो एकमात्र लक्ष्य रहेको बताउनुभयो ।

उहाँले सरकार र निजी क्षेत्रबीच विश्वास, समन्वय, संवाद र सहकार्यको सुदृढ पुलका रूपमा कार्य गर्दै नेपालको पर्यटन क्षेत्रलाई अझ सशक्त, समावेशी र विश्वसनीय बनाउने संकल्प समेत गर्नुभएको छ ।
धमलाले सम्पूर्ण पर्यटन व्यवसायी, पर्यटनकर्मी, संघ–संस्था, विज्ञ र सरोकारवालाहरूलाई आफ्ना अमूल्य सुझाव, अनुभव र नीतिगत धारणा निरन्तर प्रदान गरिदिन समेत अनुरोध गर्नुभएको छ ।

“तपाईंहरूको मार्गदर्शन र रचनात्मक सुझावले मेरो कार्यलाई अझ प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। हामी सबै मिलेर नेपालको पर्यटन क्षेत्रको उज्ज्वल भविष्य निर्माणमा हातेमालो गर्नेछौँ,”– उहाँले भन्नुभयो ।

लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय धमलाको नियुक्तिले निजी क्षेत्र र बोर्डबीचको सम्बन्ध थप प्रगाढ हुने र कोभिडपछिको पर्यटन पुनरुत्थानमा थप टेवा पुग्ने पर्यटन व्यवसायीहरूले अपेक्षा गरेका छन् ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here