Home ब्रेकिङ बिपी स्मृति दिवस : कांग्रेस दुई गुटका बेग्लाबेग्लै कार्यक्रम

बिपी स्मृति दिवस : कांग्रेस दुई गुटका बेग्लाबेग्लै कार्यक्रम

0
28

काठमाडौं, ५ साउन । जननायक बिपी कोइरालाको स्मृतिमा नेपाली कांग्रेसमा फरक फरक कार्यक्रम हुने भएको छ।

संस्थापन पक्षले ग्रीन रनलगायत कार्यक्रम गर्ने तयारी गरेको छ भने संस्थापनइतर पक्ष प्रज्ञा भवनमा भेला हुने भएका छन्।

गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नरहेका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले चुनदेवीमा सम्पर्क कार्यालय खोलेर समानान्तर गतिविधि अघि बढाएका हुन्।

संस्थापन पक्षले युएन पार्कदेखि जावलाखेलसम्म ग्रीन रनलगायत कार्यक्रम राख्दा देउवा पक्षले शक्ति प्रदर्शन रणनीतिअनुसार प्रज्ञा भवनमै बिपी स्मृति दिवसमा कार्यक्रम राखेका छन्।

विशेष महाधिवेशनलाई सर्वोच्च अदालतले वैधानिकता दिइसक्दा पनि कांग्रेसभित्र मतभेद जारी नै छ। त्यसैले बिपी स्मृतिमा पनि कांग्रेस नेताहरूले फरक फरक कार्यक्रम गर्न लागेका हुन्।

उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रका मतभेद हल गर्दै लगिने बताएका छन्। संस्थापनइतर पक्षको नेतृत्व निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्दै आएका छन्। भोलि साउन ६ गते ४४ औं बिपी स्मृति दिवस मनाईदैछ ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here