Home ब्रेकिङ भारतसँग नेपालको समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ उठाएको छुः सभापति लामिछाने

भारतसँग नेपालको समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ उठाएको छुः सभापति लामिछाने

0
30

काठमाडौँ, २२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले भारत भ्रमणका क्रममा समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ अगाडि सारेको बताउनुभएको छ ।

भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएका सभापति लामिछानेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भारतसँग खेलकुददेखि सूचना प्रविधिसम्मका विषयमा सहकार्यबारे छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “रास्वपा नेतृत्वको सरकारले कस्तो किसिमको सहयोग र सहभागिता चाहन्छ भन्ने कुरा स्पष्ट पारिएको छ, कनेक्टिभिटीदेखि धार्मिक पर्यटनसम्मका विषयमा हाम्रा प्राथमिकता के हुन् रु हामीले हाम्रो सम्बन्धबाट कस्तो लाभको अपेक्षा गरिरहेका छौँ रु यी सबै विषयमा हामीले स्पष्ट भनाइ राखेका छौँ ।”

भारतमा रहेका नेपाली नागरिकका समस्या समाधानका लागि त्यहाँस्थित नेपाली दूतावास र त्यहाँ रहेका नेपाली संयन्त्रलाई अझ चुस्त बनाउने विषयमा पनि कुरा भएको उहाँले बताउनुभयो ।

सभापति लामिछानेले नेपाल–भारतबीचको सीमासम्बन्धी विवादको विषय कूटनीतिक रुपमा समाधान गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “कूटनीतिको माध्यमबाट गरिने प्रयास महत्त्वपूर्ण हुन्छ, तिनको आवाज ढोल बजाएर हुँदैन, तर ढोल नबजाइकन देशका बारेमा गर्नुपर्ने ठाउँमा, गर्नुपर्ने जसरी र चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ, त्यसैले कूटनीतिक ढङ्गले अगाडि बढेको छ ।” भारतसँगको सीमाका विषयमा परराष्ट्र मन्त्रालयको जवाफ आधिकारिक भएको उहाँको भनाइ थियो ।

सभापति लामिछानेले भारतीय जनता पार्टीका अध्यक्ष र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिएको जानकारी गराउँदै त्यसबारे उहाँहरू सकारात्मक रहेको बताउनुभयो । नेपालका प्रधानमन्त्री भारत भ्रमण जाने कुरा समय र परिस्थितिअनुसार तय हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “सरकार र पार्टी सञ्चालनमा प्रधानमन्त्री र मैले जिम्मेवारी बाँडफाँट गरेका छौँ, सरकारलाई काममै केन्द्रित गर्ने वातावरण सृजना गरेका छौँ ।”

सभापति लामिछानेले भारतीय जनता पार्टी ९भाजपा०का राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा जानुभएको थियो । उहाँलाई आज नयाँ दिल्लीस्थित इन्दिरा गान्धि अन्तरराष्ट्रिय विमानस्थलमा नेपालका कार्यवाहक राजदूत डा सुरेन्द्र थापा तथा भारतीय जनता पार्टी ९भाजपा०का विदेश मामिला विभागका प्रमुख डा विजय चौथाइवालेले बिदाइ गर्नुभएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

भ्रमणका क्रममा सभापति लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री डा एस जयशङ¬्कर, गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष नवीनसँग छुट्टाछट्टै भेटवार्ता गर्नुभएको थियो । सो अवसरमा दुई पक्षबीच द्विपक्षीय सम्बन्ध विस्तार तथा आपसी हितका विविध विषयमा छलफल भएको बताइएको छ ।

सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी निकिता पौडेल, रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीयसचिव प्रदीप आचार्य हुनुहुन्थ्यो ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here