Home समाचार यातायात व्यवसायी राष्ट्रिय महासङ्घको उपमहासचिवमा पुरुषोत्तम सिंखडा विजयी

यातायात व्यवसायी राष्ट्रिय महासङ्घको उपमहासचिवमा पुरुषोत्तम सिंखडा विजयी

0
9

काठमाडौँ, ३० वैशाख । देशभरका यातायायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको उपमहासचिवमा पुरुषोत्तम सिंखडा विजयी हुनुभएको छ ।

महासङ्घको पोखरामा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनमा सिंखडाले ६१३ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

लामो समयदेखि नेपालको यातायात क्षेत्रमा क्रियाशिल सिंखडा यसअघि पनि महासंघको उपमहासचिव हुनुहुन्थ्यो । उहाँ विमानस्थल हवाई यात्रु यातायात व्यवसायी कम्पनीको अध्यक्ष समेत हुनुहुन्छ ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here