Home ब्रेकिङ सर्वोच्चका फैसलापछि कांग्रेस पूर्व उपसभापति खड्का निवासमा देउवा पक्षका नेताको बैठक

सर्वोच्चका फैसलापछि कांग्रेस पूर्व उपसभापति खड्का निवासमा देउवा पक्षका नेताको बैठक

0
36

काठमाडौं, ५ वैशाख । सर्वोच्च अदालतको फैसलापछि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूनिकटका नेताहरूलाई छलफल थालेका छन्। केही बेरअघिबाट खड्का निवास बैठक चलिरहेको छ।

बैठकमा पूर्वपदाधिकारीसहित शेरबहादुर देउवानिकटका केही केन्द्रीय सदस्य पनि सहभागी छन्।

छलफलमा विमलेन्द्र निधि, डा शशांक कोइराला, कृष्णप्रसाद सिटौला, डा प्रकाशरण महत, एनपी साउद, रमेश लेखकलगायत शीर्ष नेताहरू पनि सहभागी छन्।

पार्टीको आधिकारिकता विवादमा खड्काले दायर गरेको रिट खारेज गर्दै सर्वोच्चले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएको थियो।

थापालाई आधिकारिकता दिएपछि आगामी रणनीति तय गर्नको लागि बैठक बसेको हो।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here