काठमाडौँ, ३० साउन । नेपाल एशोसिशयन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को अध्यक्षमा भरतजङ्ग पाण्डे निर्वाचित हुनुभएको छ ।
नाट्टाको ५९ औँ वार्षिक साधारणसभा र आज सम्पन्न मतगणनामा १८८ मत प्राप्त गर्दे पाण्डे अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उहाँको निकटतम प्रतिस्पर्धी युविका भण्डारीले १५८ र अर्को अध्यक्षका उम्मेदवार जिस्वान तुलाधर श्रेष्ठले १०६ मत प्राप्त गर्नुभयो ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा (२५१ मत), उपाध्यक्ष सविता केसी भट्टराईले (१७७ मत), महासचिव राजकुमार देवकोटाले (१५८ मत), सचिव रमेश पराजुलीले (१९५ मत), कोषाध्यक्ष दिकी शेर्पाले (२०८ मत) र सहकोषाध्यक्ष जीवन कोइरालाले (१६६) मत प्राप्त गरि विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी, सदस्यमा स्मारिका थापा, नविन गुरुङ, दिनेश मैनाली, सुमनलाल श्रेष्ठ, स्वस्तिका प्रधान, संकेत दाहाल, र विभाष पौडेल निर्वाचित हुनुभएको हो । आगामी दुई वर्षका लागि भएको निर्वाचनमा ५२८ मतदातामध्ये ४५५ मत खसेको थियो । उक्त निर्वाचनमा तीन समूहबीच प्रतिस्पर्धा भएको थियो । उक्त साधारणसभाको प्रतिनिधीसभाका सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गर्नुभएको थियो ।