२०८३, श्रावण ३१ गते

आइतवार, श्रावण ३१ गते २०८३

‘कैलाश दर्शन बाई फ्लाइट’का अभियान्ता श्रीराम सिग्देल नाट्टा अवार्डबाट  सम्मानित

शनिवार , श्रावण ३०, २०८३

काठमाडौँ, ३० साउन । वरिष्ठ पर्यटन व्यवसायी एवं ‘कैलाश दर्शन बाई फ्लाइट’का अभियान्ता श्रीराम सिग्देल नाट्टा अवार्डबाट  सम्मानित हुनुभएको छ । 

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९ औँ वार्षिक साधारणसभाको अवसरमा वरिष्ठ पर्यटन व्यवसायी एवम् नाट्टा बाँके च्याप्टरका पूर्व अध्यक्ष सिग्देललाई विशेष सम्मान गरिएको हो । 

सिग्देललाई फ्लाइटमार्फत कैलाश दर्शनको सफल सुरुवात र प्रवद्र्धनमा पु¥याएको दूरदर्शी योगदानका लागि कदरपत्रसहित सम्मान गरिएको नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले जानकारी दिनुभयो । 

उहाँलाई प्रतिनिधीसभाका सभामुख डोलप्रसाद अर्याल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सम्मान गर्नुभयो । सिग्देलको नेतृत्व र पहलमा नेपालगन्जबाट हवाई जहाजमार्फत मानसरोवर र कैलाश पर्वतको दर्शन गर्ने कार्यको सुरुवात भएको थियो। । 

सिग्देलको उक्त पहलले धार्मिक पर्यटक विशेषगरी भारतीय तीर्थयात्रीका लागि नयाँ ढोका खोलेको र नेपालको धार्मिक पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा थप मजबुत बनाएको छ । 

सम्मान कार्यक्रममा बोल्दै पर्यटन मन्त्री पौडेलले निजी क्षेत्रको यस्तै सिर्जनशील प्रयासले मात्र नेपालको पर्यटन क्षेत्रमा गुणात्मक फड्को मार्न सकिने बताउनुभयो ।

नाट्टाका अध्यक्ष थपलियाले सिग्देलको समर्पणले नेपालको पर्यटन उद्योगमा नयाँ आयाम थपेको र यस्ता नवीन कार्यलाई संघले सधैं प्रोत्साहन गर्ने उल्लेख गर्नुभयो । 

सम्मानित भएपछि सिग्देलले यो सम्मानले आफूलाई पर्यटन क्षेत्रमा थप सक्रिय हुन प्रेरणा मिलेको बताउनुभयो ।  उहाँले ‘फ्लाइटबाट कैलाश दर्शन’ ले नेपालगन्जलाई पर्यटकीय हवको रूपमा स्थापित गर्न मद्दत पुगेको बताउनुभयो । 

 

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार