२०८३, श्रावण २९ गते

शुक्रवार, श्रावण २९ गते २०८३

बैंक खाता र कल डिटेल्स जाँच गर्न आईजीपी कार्कीको चुनौती

बुधवार , श्रावण २७, २०८३

काठमाडौं, २७ साउन । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफ्नो बैंक डिटेल्स र कल डिटेल्स रेकर्ड जाँच गर्न चुनौती दिएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा जवाफ दिँदै आईजीपी कार्कीले आफ्नो बैंकिङ्ग कारोबारको विवरण र फोनको विवरण हेर्न चुनौती दिएका हुन् । बैठकमा जवाफ दिँदै कार्कीले भने, ‘मेरो र मेरा परिवारको बैंक डिटेल्स र कल डिटेल्स हेर्न अनुरोध गर्छु ।’

निर्वाचन प्रहरीको पोशाक खरिदबारेको परेको उजुरीबारे छलफल गर्न समितिले आईजीपी कार्की र सशस्त्र प्रहरीका आईजी नारायणदत्त पौडेललाई समितिमा बोलाइएको थियो । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद खगेन्द्र सुनारले पोशाक खरिदबारे परेको उजुरीबारे आईजीपी कार्कीमाथी अमर्यादित आरोप लगाएका थिए । छानबिनको प्रक्रियालाई लिएर सांसद सुनारले बैठक बहिष्कार गरे ।  

सुनारलाई जवाफ दिँदै आईजीपी कार्कीले ‘प्रहरीलाई घिसार्छु’ भन्नेहरूले पनि बडो मिठो कुरा गरेको सुन्न पाइयो बताए । उनले भने, ‘पाषाण युगिन मानसिकता भएका मानिसहरूबाट हामी शाषित हुँदै छौँ कि रु भन्ने चिन्ता गरिराखेकै बिचमा बडा दुधले नुहाएको कुरा सुनिन्छ ।’

सांसद सुनारले एक जना युवकको मृत्यु भएको घटनामा प्रहरीका अधिकृतलाई घिसार्ने अभिव्यक्ति दिएका थिए । त्यस्तै सुनारले आईजीपी कार्कीको घरबाट ३ करोड चोरी भएको आरोप लगाएका छन् । त्यसबारे जवाफ दिँदै कार्कीले भने, ‘न त ३ करोड हराएको छ, न हाम्रा परिवार संलग्न छन् ।’

७० वर्षको इतिहाँसमा प्रहरीलाई साधन र स्रोत सम्पन्न नबनाएको उल्लेख गर्दै कार्कीले भने, ‘हाम्रो बर्दी हेरेर तलका प्रहरीले पाएनन भनेर हुँदैन, यो हामीले किनेको हो । प्रहरी भएकै कारण सवै कुराको अवगाल खाइराख्नुपर्ने होला त ?’ आईजीपी कार्कीले भने, ‘उजुरकर्ताले जे भने पनि हुन्छ ?’

आफ्नो बैंक डिटेल्स निकालेर विभिन्न ठाउँमा वितरण गरिएको आईजीपी कार्कीले बताए । उनले भने, ‘हाम्रो बैंक डिटेल्स ठाउँ कु ठाउँमा वितरण गरिएको छ ।’

आफूविरुद्ध विभिन्न ठाउँमा उजुरी हालिएको उल्लेख गर्दै आईजीपी कार्कीले भने, ‘जिम्मेवारीमा बसेपछि कालकुट विष पिउनुपर्ने अवस्था बेहोर्नुपर्ने रहेछ ।’

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार