२०८३, श्रावण ३० गते

शनिवार, श्रावण ३० गते २०८३

पाकिस्तानको हिमालमा ज्यान गुमाएका आरोहीको सम्झनामा ठमेलमा दिप प्रज्वलन

शुक्रवार , श्रावण २२, २०८३

काठमाडौँ, २२ साउन । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका आरोहीको चिरशान्तिको कामना गर्दै ठमेलमा दिप प्रज्वलन गरिएको छ ।

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा पाकिस्तानको हिमपहिरोमा परेर ज्यान गुमाएका ६ नेपालीसहित १० आरोहीको सम्झनामा मृत आत्माको चिरशान्तिको कामना गर्दै आज साँझ दिप प्रज्वलन गरिएको परिषद्का महासचिव पशुपति कंडेलले जानकारी दिनुभयो । 

उक्त हिमपहिरोमा परेर नेपालका चर्चित आरोही निर्मल पुर्जा, पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाको निधन भएको थियो । यस्तै, ओमानका आरोही नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका आरोही सोहेल साखी, चीनका आरोही वाङ झोङ र अमेरिकाका आरोही मलोरी गाइसको निधन भएको थियो ।

दिपप्रज्वलन कार्यक्रममा नेपाल पर्यटन वोर्डका सदस्य सहदेव धमला (विमल) परिषद्का अध्यक्ष राजुमान डङ्गोल, पूर्वअध्यक्ष भविश्वर शर्मा, कांग्रेस केन्द्रीय सदस्य एवम् वरिष्ठ पर्यटन व्यवसायी रमेश धमला, नेपाल एशोसियशन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियालगायत विभिन्न संघ संस्थाका अध्यक्ष एवम् प्रतिनिधीको उपस्थिती रहेको थियो । 

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार