२०८३, श्रावण २९ गते

शुक्रवार, श्रावण २९ गते २०८३

साढे ५ महिनाको उपचारपछि स्वदेश फर्किए देउवा

बिहिवार , श्रावण २८, २०८३

काठमाडौं, २८ साउन । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् ।

गत फागुनको दोस्रो साता चुनावको मुखमा उपचारका लागि बैंकक पुगेका उनी त्यहीँबाट हङकङ गएका थिए । साढे ५ महिनापछि काठमाडौं उत्रिएका हुन् । 

उनको स्वागतमा कांग्रेस संस्थापन इतरका नेताको विमानस्थलमा भिड लागेको छ । देउवाको स्वागतमा पुगेका कार्यकर्ताले उनको समर्थनमा नाराबाजी गरेका छन् ।

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार