२०८३, श्रावण २८ गते

बिहिवार, श्रावण २८ गते २०८३

सुन र चाँदी दुबैको मूल्य बढ्यो

मंगलवार , श्रावण २६, २०८३


काठमाडौँ, २६ साउन । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य  तोलामा रु छ हजार चार सयले बढेको छ भने चाँदी  रु एक सय १० ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख सात हजार नौ सय र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार सात सय ८० कायम भएको छ । 

हिजो सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख एक हजार पाँच सय र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार छ सय ७० कायम थियो ।

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार