२०८३, श्रावण २९ गते

शुक्रवार, श्रावण २९ गते २०८३

नेपाल सौर्य विद्युत उत्पादक संघको २६औँ वार्षिकोत्सव सम्पन्न (तस्बिरसहित)

बिहिवार , श्रावण २१, २०८३

काठमाडौं, २१ साउन । नेपाल सौर्य विद्युत उत्पादक संघको २६औँ वार्षिकोत्सव बुधबार काठमाडौंमा विविध कार्यक्रमसहित सम्पन्न भएको छ।

2.jpg
undefined

कार्यक्रमका वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले संघको सफलताको शुभकामना दिँदै सौर्य विद्युत क्षेत्रको विकासमा संघले खेल्दै आएको भूमिकाको प्रशंसा गरे। उनले संघका गतिविधिलाई थप प्रभावकारी बनाउन सरकारी निकायबाट गर्नुपर्ने पहलका लागि आफूले आवश्यक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

वार्षिकोत्सवका अवसरमा संघमा आबद्ध सदस्यहरूलाई नयाँ खरिद ऐनका विषयमा प्रशिक्षणसमेत दिइएको थियो। कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दीपक गौतमले स्वागत मन्तव्य राखेका थिए भने संघका अध्यक्ष भरतकुमार मल्लले संस्थाका गतिविधि, आगामी योजना तथा कार्यक्रमबारे जानकारी गराएका थिए।

3.jpg
undefined

कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका तर्फबाट शुभलक्ष्मी श्रेष्ठले वार्षिक लक्षित नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। उनले नवीकरणीय ऊर्जा क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि संस्थागत सहकार्य र आगामी कार्यदिशाबारे जानकारी दिइन्।

वार्षिकोत्सव कार्यक्रममा संस्थापक परिषद्का संयोजक लवमणि राजभण्डारी, पूर्वअध्यक्ष इन्द्र खनाल, नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष कुशल गुरुङ तथा नेपाल सौर्य विद्युत उत्पादक संघका संरक्षक रामबहादुर भण्डारीलगायतले शुभकामना मन्तव्य दिएका थिए।

4.jpg
undefined

वक्ताहरूले नेपालमा सौर्य तथा नवीकरणीय ऊर्जा क्षेत्रको सम्भावना उच्च रहेको भन्दै यसको विकासका लागि निजी क्षेत्र र सरकारी निकायबीच थप सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। साथै, सौर्य विद्युत उत्पादनमा देखिएका नीतिगत तथा व्यावहारिक समस्या समाधान गर्दै लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो। कार्यक्रममा संस्थाका संदस्य नविन कुमार शाहीको अकल्पनीय निधन प्रति दुख ब्यक्त गर्दै निजको परिवारलाई संस्थाबाट संकलित करिव ४ लाख आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो । संघको आफ्नो बार्षिकोत्सको अवसरमा मंगलबार रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो । जहाँ ४६ जना दाताले रक्तदान गर्नुभएको थियो । 

5.jpg
undefined

संघले वार्षिकोत्सवलाई संस्थाको विगतको भूमिकाको समीक्षा गर्दै आगामी दिनमा सौर्य विद्युत उत्पादन तथा नवीकरणीय ऊर्जा क्षेत्रको विकासमा थप प्रभावकारी भूमिका खेल्ने अवसरका रूपमा लिएको जनाएको छ।

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार