२०८३, श्रावण २८ गते

बिहिवार, श्रावण २८ गते २०८३

पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन

बुधवार , श्रावण २०, २०८३

गण्डकी, २० साउन । मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा कास्कीको पोखरा महानगरपालिका–१४ का  अजित जिसी, युकेश गुरुङ र दीपेश गुरुङ सम्पर्क विहीन भएका छन् । 

माछापुछे गाउँपालिका–९ बादलडाँडा नजिकको जङ्गलमा बाटो बिराएर अलपत्र परेको हुन सक्ने आशङ्का गरी प्रहरीले खोजी कार्य तीव्र पारेको जनाएको छ ।
 
युवकहरुको मोबाइल बन्द रहेको माछापुछे–६ भेँडाबारीस्थित अस्थायी प्रहरी पोष्टका प्रहरी हवल्दार जीवन बरालले जानकारी दिनुभयो । 

“मर्दी हिमालको हाइ क्याम्पबाट फर्कने क्रममा बाटो बिराएर जङ्गलमा अलपत्र परेको भन्ने सूचनापछि बिहानैदेखि खोजीकार्य भइरहेको छ”, उहाँले भन्नुभयो ।

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार