काठमाडौँ, २३ जेठ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा लोकतान्त्रिक समूहले मेघनाथ भुर्तेलको नेतृत्वमा आफ्नो आधिकारिक उम्मेदवारहरूको प्यानल घोषणा गरेको छ।
भोलि जेठ २४ गते हुने निर्वाचनका लागि भुर्तेल समूहले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएको हो।
ूवैदेशिक रोजगार व्यवसायी हक, हित र सम्मानू भन्ने मूल नाराका साथ लोकतान्त्रिक समूह चुनावी मैदानमा होमिएको छ। भुर्तेल नेतृत्वको प्यानलले व्यवसायीहरूको हकहितको संरक्षण, पेशागत मर्यादा र वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
लोकतान्त्रिक एसोसिएसनको तर्फबाट आधिकारिक उम्मेदवार बनेका मेघनाथ भुर्तेलले आफ्नो समूहलाई अत्यधिक बहुमतले विजयी गराउन सम्पूर्ण व्यवसायीहरूसँग अपिल गरेका छन्। उनको प्यानलमा अनुभवी र युवा व्यवसायीहरूको समिश्रण रहेको दाबी गरिएको छ।
भुर्तेल समूहको प्रथम उपाध्यक्षमा कर्णराज कटुवाल, द्वितीय उपाध्यक्षमा रविन आले मगर, तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल, महासचिवमा अमरप्रकाश तिवारी, सचिवमा राजकाजी भोलान (राज लामा), कोषाध्यक्षमा विद्यालक्ष्मी बज्राचार्य, उम्मेदवार हुनुहुन्छ ।
यस्तै सदस्यमा राजेश मैनाली, कैलाश पाठक, देउ बहादुर गौतम (सविन), टंक प्रसाद पंगेनी, गिता राउत, भिम माया कार्की, दिक्षा थपलिया, रोशना निरौला, दिपक कुमार र हिरालाल गोडेल हुनुहुन्छ ।
जेठ २४ गते हुने यस निर्वाचनलाई वैदेशिक रोजगार व्यवसायीहरूले निकै चासोका साथ हेरेका छन्। नयाँ आउने नेतृत्वले वैदेशिक रोजगार क्षेत्रमा रहेका नीतिगत र व्यावहारिक समस्याहरू समाधान गर्न प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ।























