Home उर्जा / पूर्वाधार सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जनकपुर बोल्ट्सलाई

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जनकपुर बोल्ट्सलाई

0
132

काठमाडौं, पुस ६ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेसँगै जनकपुर बोल्ट्सले १ करोड १० लाख पुरस्कार जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर च्याम्पियन बनेको हो।नेपाल क्रिकेट सङ्घ (क्यान)ले यही मङ्सिर १५ गते देखि  लिग  संचालन गरेको थियो । फाइनलमा पराजित भएर उपविजेता बनेको सुदूरपश्चिमले ५१ लाख रूपैयाँमा चित्त बुझाएको छ। दोस्रो क्वालिफायरमा पराजित भएको कर्णाली याक्सले तेस्रो हुँदै २५ लाख पाएको छ। नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सका दीपेन्द्र सिंह ऐरीले कार तथा जनकपुर बोल्ट्सका ललित राजव‌ंशीले मोटरबाइक जितेका छन् । त्रिवि क्रिकेट मैदानमा आयोजित समापन समारोहमा पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले अवार्ड वितरण गरेका हुन् ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here