Home उर्जा / पूर्वाधार ऊर्जामन्त्रीद्वारा मस्याङ्दी विद्युतगृह निरीक्षण

ऊर्जामन्त्रीद्वारा मस्याङ्दी विद्युतगृह निरीक्षण

0
43

तनहुँ ६ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मस्याङ्दी जलविद्युत आयोजनाको विद्युतगृहको निरीक्षण गर्नुभएको छ ।

मन्त्री श्रेष्ठले विद्युतगृहका विभिन्न संरचना, उपकरण तथा सञ्चालन अवस्थाबारे आयोजनाका प्राविधिक कर्मचारीसँग जानकारी लिनुभएको हो ।

त्यस अवसरमा मन्त्री श्रेष्ठले देशको ऊर्जा सुरक्षामा जलविद्युत् आयोजनाहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उत्पादन क्षमता वृद्धि तथा पूर्वाधार सुदृढीकरणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री श्रेष्ठलाई आयोजनाका निमित्त प्रमुख शेरमहम्मद हुसैनले विद्युत्गृहका बारेमा जानकारी गराउनुभएको थियो । यहाँबाट ६९ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here