Home स्वास्थ्य औषधिको गुणस्तरमा भिन्नता छैन’

औषधिको गुणस्तरमा भिन्नता छैन’

0
38
काठमाडौँ, २७ जेठः स्वास्थ्य बिमामार्फत उपलब्ध गराइने र निजी औषधि पसलहरूमा बिक्री हुने औषधिको गुणस्तरमा कुनै भिन्नता नरहेको पाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रिय सतर्कता केन्द्रसँगको समन्वयमा गरेको तुलनात्मक गुणस्तर विश्लेषणले दुवै माध्यमबाट उपलब्ध हुने औषधिहरू समान रूपमा गुणस्तरीय र स्वीकृत मापदण्ड अनुकूल रहेको देखाएको हो ।
नेपाल औषधि लिमिटेडबाट गरिएको प्रयोगशाला परीक्षणबाट मुटुरोग र मधुमेहका औषधिहरूको प्रभावकारिता र भौतिक गुणस्तरमा कुनै ‘क्लिनिकल’ भिन्नता नभेटिएको प्रतिवेदनले पुष्टि गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहका स्वकीय उपसचिव प्रकृति ढकालका अनुसार बजारमा धेरै चल्ने औषधिहरू सङ्कलन गरी तीनको उत्पादक कम्पनी र स्रोत ९बिमा वा निजी० को पहिचान लुकाएर परीक्षणका लागि पठाइएको थियो ।
उच्च रक्तचाप र मुटुरोगमा व्यापक प्रयोग हुने ‘एम्लोडिपिन ५ एमजी’ र मधुमेहका बिरामीले प्रयोग गर्ने ‘मेटफर्मिन एचसीएल ५०० एमजी’ को नमूना जाँच गरिएको थियो ।
उच्च रक्तचापको औषधि एम्लोडिपिनतर्फ बजारका फार्मेसी र स्वास्थ्य बिमा प्रणाली दुवैका नमूनामा औषधिको शक्ति ९पोटेन्सी० प्रतिशत मापदण्ड भित्रै पाइएको छ । त्यसैगरी, औषधिको समान उपलब्धता ९कन्टेन्ट युनिफर्मिटी० र घुलनशीलता ९डिजोलुसन०मा समेत दुवै नमूना उत्कृष्ट पाइएका छन् ।
मधुमेहको उपचारमा प्रयोग हुने मेटफर्मिनको ‘सस्टेन्ड रिलिज म्याट्रिक्स’ ९शरीरमा बिस्तारै औषधि घुल्ने प्रक्रिया० दुवै औषधिमा उत्तिकै प्रभावकारी रूपमा सञ्चालित भएको पाइएको छ ।
औषधि शरीरमा घुल्ने प्रक्रियाका विभिन्न चरणहरू एक घण्टा, तीन घण्टा र १० घण्टामा दुवै नमूनाले लगभग सँगसँगै र समान परिणाम देखाएका छन । यसले गर्दा दुवै औषधिले शरीरमा गर्ने काम र तिनको प्रभावकारितामा क्लिनिकल रूपमा कुनै पनि फरक नरहेको प्रतिवेदनमा उल्लेख छ ।
नेपाल औषधि लिमिटेडका क्वालिटी असुरेन्स इञ्चार्ज हिना श्रेष्ठकाअनुसार ल्याब परीक्षणको अन्तरराष्ट्रिय प्रोटोकल र फर्माकोपिया ९औषधिसम्बन्धी आधिकारिक निर्देशिका०को मापदण्ड पालना गरेर यो विश्लेषण गरिएको हो ।
फर्माकोपियाले तोकेको सीमा, रसायनको मात्रा र निश्चित विधिहरू अवलम्बन गर्दै अत्याधुनिक उपकरणको प्रयोग गरी औषधिहरूको परीक्षण गरिएको थियो । ती सबै परीक्षणमा दुवैतर्फका औषधिहरू तोकिएको मापदण्डभित्रै पूर्ण रूपमा सुरक्षित, सबल र समान गुणस्तरका पाइएकाले यो प्रतिवेदनले बीमाको औषधिको उच्च स्तरलाई वैज्ञानिक रूपमै प्रमाणित गरेको बताइएको छ ।
“स्वास्थ्य बिमाको औषधि कमसल हुने र यसले काम गर्दैन भन्ने गुनासो आएपछि प्रधानमन्त्री कार्यालयले यो विशेष अनुसन्धान प्रक्रिया अघि बढाएको हो”, प्रधानमन्त्री वालेन्द्र शाहका स्वकीय उपसचिव प्रकृति ढकालले भन्नुभयो ।
अनुसन्धानको निष्पक्षता कायम राख्न कम्पनीको ब्रान्ड र नाम गोप्य राखेर गरिएको यस परीक्षणले बिमा र निजी बजारका औषधिमा कुनै भिन्नता नदेखाएकाले बिमाको औषधिप्रति शङ्का नगर्न र भ्रममा नपर्न सचिवालयले जनतालाई आग्रह गरेको छ ।
Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here