Home ब्रेकिङ तीन दशकदेखि यातायात क्षेत्रमा क्रियाशिल सुनिल कुँवर महासंघको वरिष्ठ उपाध्यक्षको उम्मेवार

तीन दशकदेखि यातायात क्षेत्रमा क्रियाशिल सुनिल कुँवर महासंघको वरिष्ठ उपाध्यक्षको उम्मेवार

0
7

पोखरा, २८ वैशाख । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्वाचनमा वरिष्ठ व्यवसायी सुनिल कुँवरले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।

विस २०५१ सालदेखि नेपालको सार्वजनिक यातायात क्षेत्रमा सक्रिय कुँवरले पोखरामा जारी महासंघको सातौँ राष्ट्रिय महासंघमा वरिष्ठ उपाध्यक्षको उम्मेवारी दिनुभएको हो ।

कुँवरले संयुक्त यातायात व्यवसायी संघको अध्यक्ष भएर समेत काम गरिसक्नुभएको छ । उहाँले छरिएर रहेको नेपालको सार्वजनिक यातायातलाई एकीकृत गर्ने र महासंघको केन्द्रीय कार्यालय निर्माण गर्ने एजेण्डा अगाडि सार्नुभएको छ ।

वरिष्ठ व्यवसायी कुँवर हाल घोडाघोडी यातायात व्यवस्थापन कम्पनीको अध्यक्ष हुनुभएको छ । उहाँ पूर्व यातायात व्यवस्थापन समितिको सञ्चालक समेत हुनुहुन्छ ।

 

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here