Home ब्रेकिङ यातायात महासंघको अध्यक्षमा सरोज सिटौलाको उम्मेदवारी : १३ बुँदे प्रतिवद्धता सार्वजनिक

यातायात महासंघको अध्यक्षमा सरोज सिटौलाको उम्मेदवारी : १३ बुँदे प्रतिवद्धता सार्वजनिक

0
4

पोखरा, २८ वैशाख । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पुण्यप्रसाद (सरोज) सिटौलाले उम्मेदवारी दिनुभएको छ ।

पर्यटकीय नगरी पोखरामा वैशाख २७ देखि सुरु भएको सातौँ राष्ट्रिय महाधिवेशनमा यातायात व्यवसायीबीच लोकप्रिय नेता सिटौलाले उम्मेदवारी दिनुभएको हो ।

‘शक्तिशाली महासंघ र सुरक्षित लगानी’ को मुख्य एजेन्डासहित सिटौलाले १३ बुँदे कार्ययोजना र प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको हो । उहाँले महासंघलाई कुनै पनि राजनीतिक विचार, वाद र विवादबाट मुक्त राख्दै सबै यातायात व्यवसायीको साझा, बलियो र शक्तिशाली छाता संगठन बनाउने संकल्प व्यक्त गर्नुभएको छ ।

अध्यक्षका उम्मेदवार सिटौलाले सार्वजनिक गर्नुभएको प्रतिवद्धता पत्रमा यातायात क्षेत्रका ऐन, नियम र नीति निर्माणमा व्यवसायीको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्ने विषयलाई प्राथमिकताका साथ उठाउनुभएको छ । उहाँले नेपालको सार्वजनिक यातायात क्षेत्रको सुधार, लगानीको सुरक्षा र श्रमिकलाई स्वदेशमै गुणस्तरीय सेवा र सुरक्षाको प्रत्याभूति दिलाउन सबैको सहकार्यमा पहल गर्ने बताउनुभएको हो ।

उहाँले प्रतिवद्धतापत्रमा राष्ट्रिय यातायात प्राधिकरण निर्माणको आवश्यकता औंल्याउँदै त्यसका लागि ठोस पहल गर्ने उल्लेख गर्नुभयो । यातायात क्षेत्रमा रहेका कानुनी जटिलता समाधान गर्न कार्यदलका सुझावहरू कार्यान्वयन गर्ने, बिमा समस्या र सडकमा व्यवसायीले भोग्नुपरेका झमेलाहरू अन्त्य गर्न महासंघलाई प्रभावकारी बनाउने उहाँको योजना छ ।

यस्तै, उहाँले यातायात व्यवसायी सम्बद्ध विभिन्न महासंघलाई एकीकृत गरी एउटै बलियो शक्ति निर्माण गर्ने, विज्ञको टोलीमार्फत सार्वजनिक यातायातको भावी खाका तयार पारी सरकारलाई सुझाव दिने र महासंघको इतिहास समेटिएको स्मारिका प्रकाशन गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा पनि यातायात व्यवसायीहरूलाई जोड्दै अनुभव आदानप्रदान गर्ने र व्यवसायीका अगुवालाई विषयगत दक्षता र प्रस्तुतिकलाका बारेमा प्रशिक्षित गर्ने कार्यक्रम सिटौलाको प्राथमिकतामा रहेको छ ।

 

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here