Home उर्जा / पूर्वाधार उर्जा मन्त्रालयको अनुगमन तथा निरीक्षण कार्यलाई तीव्रता

उर्जा मन्त्रालयको अनुगमन तथा निरीक्षण कार्यलाई तीव्रता

0
4

काठमाडौँ, ४ वैशाख । उर्जा मन्त्रालयअन्तर्गतको अनुगमन तथा निरीक्षण कार्यलाई तीव्रता दिइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री विराज भक्त श्रेष्ठको स्पष्ट निर्देशनमा सुशासन प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राख्दै मन्त्रालय अन्तर्गत अनुगमन तथा निरीक्षण कार्यलाई तीव्रताका साथ अगाडि बढाइएको हो ।

मन्त्रालयको निर्देशन बमोजिम सुशासन इकाइ संयोजक सहसचिव श्री रुद्र सिंह तामाङ र सचिवालयको संयुक्त अनुगमन टोलीले स्थलगत अवलोकन गरेको छ। नेपाल सरकारको निर्णय अनुरूप सञ्चालनमा ल्याइएको “शून्य बाँकी फाइल सप्ताह” अभियानको प्रभावकारी कार्यान्वयनका विषयमा विभाग तथा मातहत निकायका पदाधिकारीहरूलाई आवश्यक निर्देशन गरिएको छ।

अनुगमन क्रममा देखिएका संवेदनशील प्रकृतिका फाइलहरूलाई शीघ्र निर्णय प्रक्रियामा लैजान तथा तत्काल निर्णय सम्भव नभएका विशेष प्रकृतिका फाइलहरूको कारणसहित मन्त्रालयमा विवरण पेश गर्न सबै विभागीय प्रमुखहरूलाई निर्देशन दिइएको छ।

यसका साथै, “शून्य बाँकी फाइल सप्ताह” अभियानलाई आगामी दिनहरूमा समेत निरन्तरता दिँदै प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here