Home शिक्षा/साहित्य मनमैजुको शुभकामना स्कूलको एसईई नतिजा उत्कृष्ट : तीन विद्यार्थीद्वारा ४.० जीपीए

मनमैजुको शुभकामना स्कूलको एसईई नतिजा उत्कृष्ट : तीन विद्यार्थीद्वारा ४.० जीपीए

0
2

काठमाडौँ, १ जेठ । काठमाडौंको तारकेश्वर-९, मनमैजुस्थित शुभकामना ईङ्गलिस बोर्डिङ स्कूलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। “दिगो विकासका लागि शिक्षा” भन्ने मूल नारालाई आत्मसाथ गर्दै आएको यस विद्यालयका तीन जना विद्यार्थीहरूले पूर्ण ४.० जीपीए ल्याएर विद्यालयको गरिमा बढाएका छन्।

विद्यालयका अनुसार छात्र इशान रिजाल, छात्रा थामा घर्ती मगर र छात्र दिपक गुरुङले ४.० जीपीए प्राप्त गर्दै बोर्ड टप गर्न सफल भएका हुन्। उनीहरूको यो ऐतिहासिक सफलताले विद्यालय प्रशासन, शिक्षक र अभिभावकहरूमा ठूलो उत्साह र खुसीयाली छाएको छ।

शीर्ष तीन बाहेक अन्य विद्यार्थीहरूले पनि अत्यन्तै प्रशंसनीय अंक हासिल गरेका छन्। जसमध्ये रक्षा काला मगरले ३.९६, उज्ज्वल भट्टले ३.९२ र प्रयुस श्रेष्ठले ३.९१ जीपीए प्राप्त गरेका छन्। त्यसैगरी पंकज अम्गाईं (३.८६), आर्यन परियार (३.८३), साजन राज गिरी (३.७८), गणेश बस्नेत (३.७८), रिन्जेन पेमा लामा (३.७८) र अञ्जली तामाङ (३.७८) ले पनि उत्कृष्ट नतिजा ल्याएका छन्।

यसका साथै विभस गोतामे, सागर गौतम, अंश भुजेल, ज्यास्मिन रिजाल, समिक्ष्यक गुरुङ, साजन श्रेष्ठ, श्री कृष्ण थापा मगर र सन्दिप पाख्रिन लगायतका सम्पूर्ण स्नातक विद्यार्थीहरूले उच्च अंकका साथ परीक्षा उत्तीर्ण गरेका छन्।

विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल सम्पूर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन गरेको छ। विद्यार्थीको कडा परिश्रम, शिक्षकहरूको निरन्तर मार्गदर्शन र अभिभावकको अटुट विश्वासले नै यो सफलता सम्भव भएको विद्यालयले बताएको छ ।

विद्यालयका प्राचार्य कुमार ढकालले एसईई उर्तिण सबै विद्यार्थीको उज्ज्वल भविष्य र आगामी शैक्षिक यात्राको शुभकामना व्यक्त गर्नुभयो । तारकेश्वर क्षेत्रकै अग्रणी शैक्षिक संस्थाको रूपमा स्थापित यस विद्यालयले विगतका वर्षमा पनि यस्तै उत्कृष्ट नतिजा दिँदै आएको छ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here