Home पर्यटन जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक नेपाल भित्रिए

जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक नेपाल भित्रिए

0
47

काठमाडौँ, १८ असार । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार जुन महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या गत वर्षको तुलनामा बढेको हो । गत वर्षको जुन महिनामा ७६ हजार ४२५ विदेशी पर्यटक नेपाल भित्रिएपनि यसवर्ष भने १९.५ प्रतिशत बढी विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

कोरोना महामारी हुनुभन्दा पहिले सन् २०१९ को जुन महिनामा ७४ हजार ८८३ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ को जुन महिनाको आधारमा हेर्ने हो भने यसवर्षको जुन महिनामा २२.०१ प्रतिशतले आगमन वृद्धि भएको हो ।

जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै दक्षिण एसियाली (सार्क) मुलुकबाट ४८ हजार २५४ रहेका छन् । जुन संख्या कुल आगमनको ५२.८ प्रतिशत हो ।

जुन महिनामा छिमेकी मुलुक भारतबाट मात्रै ४१ हजार ८०९ जना पर्यटक नेपाल आएका छन् । अन्य एसियाली मुलुकबाट १६ हजार १५२ पर्यटक नेपाल आएका छन् । जुन कुल आगमनको १७.६८ प्रतिशत हो । जसमा चीनबाट आठ हजार ८७५ पर्यटक आगमन भएको छ भने जापानबाट दुई हजार ४९७, दक्षिण कोरियाबाट एक हजार ७६५ तथा थाइल्यान्डबाट ९८४ पर्यटक नेपाल आएका छन् ।

युरोपेली मुलुकमध्ये बेलायतबाट दुई हजार ५००, जर्मनीबाट ५५७ र फ्रान्सबाट ५०२ पर्यटक नेपाल आएका छन् । यसैगरी, अमेरिकाबाट १३ हजार ११९ पर्यटक नेपाल आएका छन् ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सन्तोषविक्रम थापाले पछिल्ला महिनामा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवद्र्धन अभियान, प्रमुख स्रोत बजारमा गरिएको प्रचारप्रसार तथा नेपालको सुरक्षित र आकर्षक गन्तव्यको छविका कारण पर्यटक आगमनमा बढेको बताउनुभयो ।

पर्यटन बोर्डले आगामी पर्यटन सिजनलाई लक्षित गर्दै भारत, चीन, अमेरिका, युरोप तथा अन्य प्रमुख स्रोत बजारमा थप प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here