Home ब्रेकिङ मेरो कार्यकालमा यातायात क्षेत्रमा धेरै सुधारका प्रयास भएका छन् : निवर्तमान अध्यक्ष...

मेरो कार्यकालमा यातायात क्षेत्रमा धेरै सुधारका प्रयास भएका छन् : निवर्तमान अध्यक्ष स्वाँर

0
26

काठमाडौँ, २ जेठ । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका निवर्तमान अध्यक्ष विजयबहादुर स्वाँरले आफ्नो कार्यकालमा यातायात क्षेत्रमा धेरै सुधारका प्रयास भएको बताउनुभएको छ ।

नेपाल माइक्रो तथा बस कम्पनी प्रालिले पोखरामा सम्पन्न सातौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई दिन आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले यातायात सुधारका लागि आफूले धेरै काम गरेको बताउनुभएको हो ।

“गोदावरी महाधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्ष चुनिएपछि मैले महासंघलाई उचाइमा पु¥याउन सबैको साथ पाएँ, आज विदा हुँदै गर्दा म भावुक छु,”– उहाँले भन्नुभयो । निवर्तमान अध्यक्ष स्वाँरले यातायात व्यवसायी र कर्मचारीलाई दुईवटा कुरामा विशेष सुधार गर्न आग्रह गर्नुभयो । उहाँका अनुसार अबको यातायात क्षेत्र ’मिठो बोली’ र ‘मिठो खाना’मा केन्द्रीत हुनुपर्छ ।

उहाँले भन्नुभयो,–“हामीले करोडौँको लगानी गरेका छौँ, एउटा गाडी किन्दा डेढ करोडसम्म पर्छ, तर, अझै पनि हामीलाई ‘गाडीवाला’को रूपमा मात्र हेरिन्छ, अब हामी साँचो अर्थमा व्यवसायी बन्नुपर्छ,” ।
उहाँले यात्रुसँगको व्यवहार नम्र बनाउन र राजमार्गका होटलमा स्वस्थ र गुणस्तरीय खाना सुनिश्चित गर्न स्थानीय सरकारसँग सहकार्य गर्न नयाँ कार्यसमितिलाई सुझाव दिनुभयो ।

स्वाँरले यस पटकको महाधिवेशनमा पहिलो पटक इलेक्ट्रोनिक भोटिङ सिस्टम (विद्युतीय मतदान) प्रयोग गरिएको बताउनुभयो । महाधिवेशनले सक्षम टोली चयन गरेको उहाँको भनाई थियो ।

उहाँले नयाँ टोलीलाई सरकारसँग समन्वय गरी पुराना ऐन–नियमहरू परिवर्तन गर्न र यातायात क्षेत्रलाई प्रविधिमैत्री (जीपीएस लगायत) बनाउन थप सक्रिय हुन आग्रह गर्नुभयो । उहाँले आफू सधैँ सल्लाहकारको रूपमा महासंघको साथमा रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here