काठमाडौँ, ३१ वैशाख । काठमाडौँको कपुरधारा, सामाखुशीस्थित नवोदित विद्या कुञ्ज स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयले यस वर्ष शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ।
स्कूलका प्राचार्य विकासराज शर्माले परिक्षामा सहभागी सबै विद्यार्थीले उत्कृष्ट नतिजा हाँसिल गरेको जानकारी दिनुभयो । जसमा अनुश्री न्यौपाने र सलिना श्रेष्ठले ४.० जिपिए ल्याएका हुन् ।
त्यसैगरी, अन्य उत्कृष्ट अंक ल्याउने विद्यार्थीमा विनिता चौधरी ३.९५, बिक्रम बोखडा ३.९१, श्रेया सुवेदी ३.९०, सिम्रन शाही ३.८६, अनुराग शाह ३.८३ र हिमानी थापा ३.८२ जिपिए ल्याएका छन् । अन्यले पनि राम्रो नतिजा हाँसिल गरेका छन् ।
यस गौरवमय उपलब्धिप्रति स्कूलले सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेको छ। साथै, यो सफलतामा महत्वपूर्ण भूमिका खेल्ने शिक्षक र अभिभावकप्रति पनि विद्यालयले कृतज्ञता व्यक्त गरेको छ।

























