Home शिक्षा/साहित्य एसईईमा वेदव्यास स्कुलका विद्यार्थीको उत्कृष्ट नतिजा, लासाङ लामाले ल्याए ३.९० जीपीए

एसईईमा वेदव्यास स्कुलका विद्यार्थीको उत्कृष्ट नतिजा, लासाङ लामाले ल्याए ३.९० जीपीए

0
23

काठमाडौँ, ३१ वैशाख । काठमाडौंको सामाखुसी-३ मा अवस्थित वेदव्यास माध्यमिक विद्यालयले वि.सं. २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयले हालै सार्वजनिक गरेको नतिजा अनुसार यस वर्षको व्याचका विद्यार्थीहरूले उच्च श्रेणीमा सफलता प्राप्त गरेका हुन्।

विद्यालयको तर्फबाट सार्वजनिक गरिएको जानकारी अनुसार, छात्र लासाङ लामाले ३.९० जीपीए प्राप्त गरी विद्यालयमा सर्वोत्कृष्ट स्थान हासिल गरेका छन्। उनको यो उपलब्धिलाई विद्यालयले गौरवको विषय मानेको छ।

त्यसैगरी, अन्य उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूमा अञ्जली शाह (३.६८ जीपीए), रोशन घर्ती मगर (३.५८ जीपीए), शुभ सुवाल (३.५२ जीपीए), जोसेन देउला गुरुङ (३.५२ जीपीए) र राजेन्द्र नेपाली (३.४९ जीपीए) रहेका छन्।  यस्तै, संगीता कुँवर मगर (३.३८ जीपीए), अलिप लिम्बू (३.३४ जीपीए), आशिक खत्री (३.३४ जीपीए), सोनाम टासी शेर्पा (३.३२ जीपीए), सुबिना थापा (३.३२ जीपीए) र सजीव रेग्मी (३.२३ जीपीए) ले पनि प्रशंसनीय अंकका साथ सफलता प्राप्त गरेका छन्।

वि.सं. २०५१ सालमा स्थापना भएको वेदव्यास स्कुलले लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। विद्यालयका प्राचार्य ओमकार लम्सालले सम्पूर्ण सफल विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभएको छ । 

विद्यार्थीहरूको यो सफलतामा शिक्षक, अभिभावक र विद्यार्थी स्वयंको कडा मेहनत र लगनशीलता रहेको विद्यालयले जनाएको छ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here