Home शिक्षा/साहित्य स्रोत केन्द्रस्तरिय अन्तरविद्यालय वतृत्वकलामा नवोदित स्कुलकी स्तुती अर्याल प्रथम

स्रोत केन्द्रस्तरिय अन्तरविद्यालय वतृत्वकलामा नवोदित स्कुलकी स्तुती अर्याल प्रथम

0
6

काठमाडौँ, २५ जेठ । काठमाडौँ महानगरपालिका वडा नं २६ ले आयोजना गरेको स्रोत केन्द्रस्तरिय अन्तरविद्यालय वतृत्वकला प्रतियोगितामा नवोदित स्कुलकी छात्रा स्तुती अर्याल प्रथम भएकी छन् ।

काठमाडौँ महानगरपालिका शिक्षा विभागको निर्णय बमोजिम बालबालिकाको बौद्धिक क्षमता, भाषिक आत्मविश्वास, अभिव्यक्ति सीप सुदृढीकरण, सिर्जनात्मक सौन्दर्यताबोध तथा कलात्मक अभिव्यक्ति विकास गर्ने उदेश्यले गरिएको प्रतियोगिता आयोजना गरेको थियो ।

काठमाडौँ महानगरपालिकाको आयोजनामा सोमबार माध्यामिक तह कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई ‘सामाजिक सञ्जालको प्रयोग ः अवसर की चुनौती’ विषयमा वतृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।

जसमा काठमाडौँ महानगरपालिका–२६ बाट नवोदित विद्या कुञ्ज माध्यामिक विद्यालय कपुरधारामा अध्ययनरत विद्यार्थी अर्याल प्रथम भएकी हुन् । प्रथम भएकी छात्रा अर्यालले पाँच हजार नगद पुरस्कार हात पारेकी छन् ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here