Home पर्यटन हिमालयन उद्दार सङ्घको अध्यक्षमा डम्बर पराजुली निर्वाचित

हिमालयन उद्दार सङ्घको अध्यक्षमा डम्बर पराजुली निर्वाचित

0
37

काठमाडौँ, १८ जेठ । हिमालयन उद्दार सङ्घको अध्यक्षमा डम्बर पराजुली निर्वाचित हुनुभएको छ । सङ्घको आज सम्पन्न अधिवेशनले पराजुलीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा सुशीलकृष्ण अधिकारी, महासचिवमा प्रयुश न्यौपाने, कोषाध्यक्षमा तुलसी गुरुङ, सदस्यमा ज्ञानेन्द्रकुमार श्रेष्ठ, विकास शाह रैनियार, डा सुभास दवाडी, नरबहादुर अस्तानी र दावा स्टिभेन शेर्पा हुनुभएको छ ।

यस्तै, संस्थागत सदस्यमा थामसेर्कु ट्रेकिङ प्रालिका डा यादव अधिकारी र मोनतेरोसा ट्रेक्स एण्ड एक्सपिडीसन प्रालिका गणेशबहादुर न्यौपाने निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत कुमारप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

नेपालका हिमाली क्षेत्रमा पर्यटक तथा पदयात्रीको स्वास्थ्य र सुरक्षाका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको सङ्घले सोलुखुम्बुको सगरमाथा आधार शिविर, फेरिचे, मनाङको मनाङ गाउँ र जनैपूर्णिमाको अवसरमा रसुवाको गोसाईकुण्डमा हेल्थ क्याम्प राखेर स्वास्थ्य उपचार गर्दै आएको छ ।

सङ्घले सन् २००३ देखि सगरमाथा आधार शिविरमा स्वास्थ्य शिविर स्थापना गरी आरोही र आरोहणमा सहयोग गर्ने कर्मचारी र अन्य पदयात्रीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

यस्तै, फेरिचेमा सन् १९७३ र मनाङ गाउँमा सन् १९८० र गोसाईकुँण्डमा सन् १९९७ देखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको सङ्घका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गोविन्द बस्यालले जानकारी दिनुभयो ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here