Home पर्यटन ठमेल पर्यटन विकास परिषद्को कोषाध्यक्षमा रोशन अधिकारीको उम्मेदवारी

ठमेल पर्यटन विकास परिषद्को कोषाध्यक्षमा रोशन अधिकारीको उम्मेदवारी

0
33

काठमाडौँ, २२ असार । ठमेल पर्यटन विकास परिषद्को कोषाध्यक्षमा गोरखाका रोशन अधिकारीले उम्मेदवारी दिएका छन् ।

परिषद्को आगामी असार २७ गते हुन लागेको निर्वाचनमा अधिकारीले कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् । निर्वाचन नजिकिएसँगै यतिबेला ठमेल क्षेत्रमा चुनावी सरगर्मी बढेको छ ।

विगत १४ वर्षदेखि ठमेलमा ‘फन्नी नेपाल टुर्स एण्ड ट्राभल्स’ सञ्चालन गर्दै आउनुभएका अधिकारीले ठमेललाई पर्यटकीय दृष्टिकोणले थप चलायमान बनाउन उम्मेदवारी दिएको बताउनुभयो ।

कोषाध्यक्षका उम्मेदवार अधिकारीका मुख्य एजेण्डाहरूः
१) अन्तर्राष्ट्रिय पर्यटकीय हबः नेपाल आउने कुल पर्यटकमध्ये करिब ८० प्रतिशत पर्यटक ठमेल पुग्ने गरेको तथ्यलाई मध्यनजर गर्दै ठमेललाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने।

२) पूर्वाधार र प्रविधिः ठमेललाई प्रविधिमैत्री बनाउने, सडक बत्तीको समस्या समाधान गर्ने र सुरक्षाका लागि सीसीटीभी क्यामेराको उचित व्यवस्थापन गर्ने।

३) व्यवस्थित ठमेलः फुटपाथ व्यवस्थापन र रात्रिकालीन व्यवसायमा रहेका समस्याहरूलाई समाधान गरी व्यवसायीमैत्री वातावरण सिर्जना गर्ने।

४) आर्थिक पारदर्शिताः परिषद्लाई आर्थिक रूपमा पारदर्शी र उत्तरदायी बनाउने।

कोषाध्यक्षका उम्मेदवार अधिकारीले आफ्नो कार्यकालमा ठमेलको समग्र विकास र व्यवसायीहरूको हकहितका लागि खट्ने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण मतदाताहरूसँग आफूलाई मतदान गरी विजयी गराउन अपिल गर्नुभएको छ ।

ठमेलको पर्यटन प्रवद्र्धन र व्यवस्थापनका लागि अनुभवी र युवा नेतृत्वको आवश्यकता रहेको चर्चा भइरहँदा यसअघि सदस्य भइसकेका अधिकारीको उम्मेदवारीलाई महत्वका साथ हेरिएको छ ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here