Home विविध काठमाडौँको रामकोटमा ‘बद्रीनारायण पुरुषोत्तम मास महात्म्य’ आयोजना हुने, पण्डित दीनबन्धु पोखरेलले वाचन...

काठमाडौँको रामकोटमा ‘बद्रीनारायण पुरुषोत्तम मास महात्म्य’ आयोजना हुने, पण्डित दीनबन्धु पोखरेलले वाचन गर्ने

0
6

काठमाडौँ, २६ जेठ । काठमाडौँको नागार्जुन नगरपालिका वडा नं. ७, रामकोटस्थित बद्रीनारायण धाममा आगामी जेष्ठ २९ गतेदेखि ३१ गतेसम्म ‘बद्रीनारायण पुरुषोत्तम मास महात्म्य’ कथा प्रवचन आयोजना हुने भएको छ ।

नारायण पोखरेल प्रतिष्ठान, काठमाडौँको आयोजनामा हुन लागेको यस विशेष आध्यात्मिक कार्यक्रममा प्रसिद्ध वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेलज्यूले कथा वाचन गर्नुहुनेछ ।

यस धामका संरक्षक समेत रहनुभएका पण्डित पोखरेलले पुरुषोत्तम मासको धार्मिक तथा आध्यात्मिक महत्वका बारेमा भक्तजनहरूलाई जानकारी गराउनुहुनेछ ।

तीन दिने महोत्सवमा हरेक दिन बिहान ६ः३० बजेदेखि ८ः०० बजेसम्म योग साधना, हरेक दिन दिउँसो १२ः३० बजेदेखि १ः३० बजेसम्म ध्यान साधना र दिउँसो २ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म कथा प्रवचन गरिने बताइएको छ ।

नारायण पोखरेल प्रतिष्ठानले समस्त श्रद्धालु भक्तजनलाई यस पावन अवसरमा उपस्थित भई धर्मलाभ लिन हार्दिक निमन्त्रणा गरेको छ ।

कार्यक्रमबारे थप जानकारी आवश्यक परेमा ९८५१०८२१८२, ९८६९६१८१८२ लगायतका सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

नेपाली सान र सनातनी गौरवको रूपमा रहेको बद्रीनारायण धाममा हुने यस कार्यक्रमले स्थानीय स्तरमा धार्मिक पर्यटन र आध्यात्मिक चेतना बढाउने विश्वास गरिएको छ ।

 

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here