Home शिक्षा/साहित्य विश्व योग प्रतियोगितामा एशिया प्यासिफिक स्कुलका प्रयास र बविनको उत्कृष्ट प्रदर्शनी

विश्व योग प्रतियोगितामा एशिया प्यासिफिक स्कुलका प्रयास र बविनको उत्कृष्ट प्रदर्शनी

0
3

काठमाडौँ, २८ जेठ । भारतमा सम्पन्न विश्व योग प्रतियोगितामा टोखाको एशिया प्यासिफिक स्कुलका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

हालै सम्पन्न योग खेलकुद प्रतियोगितामा सब–जुनियर र जुनियरतर्फ एशिया प्यासिफि स्कुलका छात्र प्रयास जंग चौहान र बबिन श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न विधामा सफलता हात पारेका हुन् ।

१० देखि १४ वर्ष उमेर समूहका (सब–जुनियर ब्वाईज) तर्फ चौहानले आफ्नो कौशल प्रदर्शन गर्दै ६ वटा फरक विधामा दोस्रो स्थान (रजत पदक) हासिल गर्न सफल भएका हुन् ।

उनले फरवार्ड बेन्डिङ, ट्विस्टिङ, ह्यान्ड ब्यालेन्स, ट्राडिसनल ग्रुप, रिदमिक पेयर र आर्टिस्टिक सिंगल विधामा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान ओगटेका हुन् ।

त्यसैगरी, जुनियर ब्वाईज (१४–१८ वर्ष) तर्फ बबिन श्रेष्ठले पनि आफ्नो प्रतिभा प्रमाणित गर्दै चारवटा विधामा दोस्रो स्थान प्राप्त गरेका छन् । बबिनले सुपाइन, ट्राडिसनल ग्रुप, आर्टिस्टिक ग्रुप र रिदमिक पेयरमा सफलता प्राप्त गरेका हुन् ।

विद्यालयका निर्देशक राजन अधिकारीले यस सफलताले नेपाली युवा खेलाडीमा योग खेलकुदप्रति बढ्दो आकर्षण र प्रतिभालाई प्रस्ट पारेको बताउनुभयो । उहाँले दुवै खेलाडीको उपलब्धिले आफ्नो विद्यालयमा खुशी छाएको बताउनुभयो ।

यसअघि गतवर्ष मलेसियामा भएको सातौँ अन्तर्राष्ट्रिय योग प्रतियोगितामा पनि एशिया प्यासिफिक विद्यालयले विभिन्न उपाधी हाँसिल गरेको थियो ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here