Home शिक्षा/साहित्य एशिया प्यासिफिक स्कुलको एसईईमा उत्कृष्ट नतिजा, विद्यालयद्वारा विद्यार्थीलाई बधाई

एशिया प्यासिफिक स्कुलको एसईईमा उत्कृष्ट नतिजा, विद्यालयद्वारा विद्यार्थीलाई बधाई

0
25

काठमाडौं, १ जेठ । माध्यमिक शिक्षा परीक्षा (एसई) को परिक्षामा एशिया प्यासिफिक स्कुलले उत्कृष्ट सफलता हासिल गरेका छन्।

विद्यालयले सधैं झैं यस वर्ष पनि गुणस्तरीय शिक्षा र विद्यार्थीहरूको कडा परिश्रमका कारण उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो।

विद्यार्थीहरूको यो गौरवमय उपलब्धिप्रति खुसी व्यक्त गर्दै विद्यालयले सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। लामो समयको समर्पण, निरन्तरको मेहेनत र धैर्यताका कारण विद्यार्थीहरूले यो महत्वपूर्ण कोसेढुङ्गा पार गर्न सफल भएको विद्यालयको ठहर छ।

विद्यालयका प्राचार्य रमेश घिमिरेले विद्यार्थीहरूको कडा परिश्रम र शिक्षकहरूको सही मार्गदर्शनले उत्कृष्ट नतिजा हाँसिल गरिएको बताउनुभयो । उक्त सफलताले विद्यार्थीका लागि आगामी दिनमा उज्ज्वल भविष्य र थप अवसरका ढोकाहरू खोल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

एशिया प्यासिफिक स्कुलले आफ्ना विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा मात्र सीमित नराखी उनीहरूको चौतर्फी विकासमा ध्यान दिँदै आएको छ, जसको प्रतिफल स्वरूप हरेक वर्ष एसईईमा विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

सफल भएका विद्यार्थीहरूलाई आगामी उच्च शिक्षाको यात्रामा थप सफलता मिलोस् भन्दै विद्यालय परिवारले उनीहरूको उज्ज्वल भविष्य र प्रगतिको कामना गरेको छ।

विद्यार्थीको सफलताले विद्यालयलाई अझ जिम्मेवार र गौरवान्वित बनाएको बताएको छ । भविष्यमा पनि विद्यार्थीले देश र समाजका लागि ठूलो योगदान दिनसक्ने विद्यालयले विश्वास लिएको छ ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here