Home स्वास्थ्य प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा उपचार लिने सङ्ख्या बढ्दै

प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा उपचार लिने सङ्ख्या बढ्दै

0
32

कैलाली, २२ चैत । प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा पछिल्लो समय विभिन्न रोगको उपचार लिन आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

चिकित्सालयले विभिन्न रोगको उपचार सेवा विस्तार गरेसँगै बिरामीको सङ्ख्या बढ्दै गएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा ओपप्रसाद कलौनीले जानकारी दिनुभयो ।

पञ्चकर्मलगायत उपचार प्रणालीमा सुधार, ओपिडी ९बहिरङ्ग० सेवा, स्वर्णविन्दु प्राशन सेवा विस्तार, पञ्चकर्म तथा जीवनशैली कार्यक्रम, ज्येष्ठ नागरिक लक्षित विशेष सेवा, व्यवस्थापन प्रणाली सुधार, विपन्नमैत्री सेवा नीतिलगायत कारणले बिरामीको सङ्ख्या वृद्धि भएको उहाँले बताउनुभयो ।

डा कलौनीका अनुसार चालु आर्थिक वर्ष २०८२र८३ को सुरुको छ महिना र गत आर्थिक वर्षको सुरुको छ महिनाको तुलनामा सेवाग्राही ४० प्रतिशतले वृद्धि भएका छन् । गत आर्थिक वर्षको सुरु छ महिनामा १६ हजार ३८० जनाले सेवा लिएका थिए भने चालु आवको सोही अवधिमा २२ हजार ९१६ जना सेवा लिएका छन् ।

सेवा लिनेमध्ये पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या धेरै बढेको छ । गत आवको छ महिनामा ६२ जना बालबालिकाले सेवा लिएकामा चालु आवको सोही अवधिमा दुई सय छ जनाले सेवा लिएका छन् । बालबालिकालाई उपलब्ध गराइने स्वर्णबिन्दु प्राशन रोग उपचार गर्नेभन्दा बालकालिकालाई मेधावि बनाउने, रोग प्रतिरोधात्मक क्षमता बढाउने र समग्र स्वास्थ्यको स्तरमा अभिवृद्धि गर्नेमा जोड दिने गरेको डा कलौनीले बताउनुभयो ।

ज्येष्ठ नागरिकको सङ्ख्या पनि गत आवको तुलनामा ३६ दशमलव आठ प्रतिशले बढेको छ । सेवा विस्तार र सुधारसँगै सेवा शुल्क तथा छुटमा समेत वृद्धि गरिएको चिकित्सालयले जनाएको छ । गत आवमा समग्रमा रु एक लाख ३० हजार ७५ छुुट दिएकामा चालु आवमा छुट रकम रु नौ लाख ७४ हजार २८५ पुगेको छ ।

यसमा धेरैजसो ६० वर्षमाथिका जेष्ठ नागरिकलाई सेवा शुल्कमा ५० प्रतिशत र ७० वर्षमाथिलाई शतप्रतिशत छुट दिने गरिएको डा कलौनीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रयोगशालामा सेवा लिने सेवाग्राहीको सङ्ख्या ३७ दशमलव सात र आधुनिक उपकरणसहित सेवा विस्तार गरिएकाले एक सय २६ प्रतिशतले आम्दानी बढेको छ ।

चिकित्सालयले हाल होमियोप्याथिक, प्याथोलोजी, ल्याव, एक्सरे, पूर्वकर्म, पञ्चकर्म, सिरोधारा, छारसुत्रद्वारा पायल्स, फिसर, फिस्टुलालगायत उपचार सेवा दिने गरेको छ । सुदूरपश्चिम प्रदेशमा हाल एउटा प्रादेशिक आयुर्वेद चिकित्सालय, सात वटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, एउटा महाकाली आयुर्वेद औषधालय, ४२ वटा आयुर्वेद औषधालय र ३३ वटा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा रहेका छन् ।

Kathmandu Eco Hotel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here