२०८१ चैत ४ गते । पोखरा । सिचुवान एयरलाइन्सले मंगलबारदेखि छेन्दु–पोखरा सिधा उडान थालेको छ। एयरबस—३९१ विमानमार्फत १२८ जना चिनियाँ पर्यटक पोखरा आइपुगेका छन्, भने फर्किने क्रममा पोखराबाट १२६ जना यात्रु छेन्दु गएका छन्। पोखराका मेयर धनराज आचार्यसहित पर्यटन व्यवसायी टोली चीन भ्रमणमा गएका छन् । सिचुवान एयरलाइन्सले हप्तामा एकपटक चार्टर्ड उडान गर्नेछ भने १० हप्तापछि व्यवसाय हेरी नियमित सेवा सुरु गर्ने योजना छ। पोखरा–छेन्दु हवाई टिकट ६२ हजार रुपैँया तोकिएको छ भने ७ दिने भ्रमण प्याकेज १ लाख २३ हजार रुपैँया छ।
Latest article
मनमैजुको शुभकामना स्कूलको एसईई नतिजा उत्कृष्ट : तीन विद्यार्थीद्वारा ४.० जीपीए
काठमाडौँ, १ जेठ । काठमाडौंको तारकेश्वर-९, मनमैजुस्थित शुभकामना ईङ्गलिस बोर्डिङ स्कूलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ।...
एशिया प्यासिफिक स्कुलको एसईईमा उत्कृष्ट नतिजा, विद्यालयद्वारा विद्यार्थीलाई बधाई
काठमाडौं, १ जेठ । माध्यमिक शिक्षा परीक्षा (एसई) को परिक्षामा एशिया प्यासिफिक स्कुलले उत्कृष्ट सफलता हासिल गरेका छन्।
विद्यालयले सधैं झैं यस वर्ष पनि गुणस्तरीय...
प्रसारण लाइनको अभावमा विद्युत खेर जाने अवस्थाको अन्त्य हुनुपर्छ : उर्जामन्त्री श्रेष्ठ
काठमाडौँ, १ जेठ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले प्रसारण लाइनको अभावमा विद्युत खेर जाने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
मन्त्री श्रेष्ठले आज...

























