देशभर बाढी पहिरामा परी पाँचको मृत्यु, सातजना बेपत्ता

0
29

काठमाडौँ, २२ असार । काठमाडौँ उपत्यकाका नदी, खोला किनारमा पानीको सतह बढेसँगै प्रहरीले गस्ती गरिरहेको छ । अविरल वर्षाका कारण धेरै ठाउँमा डुबान भएकाले सम्भावित जोखिमलाई दृष्टिगत गरी खोला किनारमा प्रहरीले गस्ती गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सहायक प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यहाँका खोला, नदीहरूमा पानीको सहत निकै बढेको छ, सम्भावित जोखिमलाई मध्यनजर गरेर अहिले पनि पेट्रोलिङ टोली खटिएको छ । सावधानी अपनाउन आग्रह गदछौँ ।”

काठमाडौँ उपत्यकास्थित वागमती, विष्णुमती र मनोहरा नदी सहतका खोलामा गएरातिदेखि प्रहरीले नियमित गस्ती तथा पट्रोलिङ गरिरहेका र उद्धारका लागि सुरक्षाकर्मी तयारी अवस्थामा रहेका सहायक प्रवक्ता बस्यालले बताउनुभयो ।

शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण देशभर आएको बाढी पहिरामा परी हालसम्म पाँचजनाको मृत्यु भएको छ । अहिलेसम्म सातजना बेपत्ता भएका छन् भने १४ जना घाइते भएका गृह मन्त्रालयस्थित विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सहसचिव विष्णु भुसालले जानकारी दिनुभयो । “पहिरामा परी काठमाडौँ नागार्जुनमा एक, स्याङ्जामा दुई तथा पर्वतमा दुईजना गरी पाँचजनाको मृत्यु भएको छ भने सातजना बेपत्ता र १४ घाइते भएका छन् ”, उहाँले भन्नुभयो ।

यसैगरी, बाढीपहिराका कारण बेपत्ता हुनेहरुमा तनहुँमा तीन, स्याङ्जामा एक, दाङमा एक, दोलखामा एकजना रहेका तथा घाइते हुनेहरूमा जाजरकोटमा एक, स्याङ्जामा सात, तनहुँ चार, ओखलढुङ्गा दुईजना रहेका सहसचिव भुसालले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here