१० करोडमा प्रशासनिक भवन बनाउँदै गण्डकी विश्वविद्यालय

0
59

पोखरा ।
गण्डकी विश्वविश्वविद्यालयको प्रशासनिक भवन निर्माण सुरु भएको छ । पोखरा ३२ मालमुल (ज्ञानकुञ्ज)मा शनिबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भवनको शिलान्यास गरे । १० करोड ९२ लाख रुपैयाँमा भवन निर्माण थालिएको हो ।२०८२ मंसिर २ गतेभित्र सक्नुपर्ने गरी अमेक्क्षा निर्माण कम्पनी काठमाडौँले निर्माण सम्झौता गरी काम थालिसकेको छ । भवन ३ तले बन्ने जानकारी विश्वविद्यालयका रजिस्ट्रार डा कैलाश तिमिल्सिनाले दिए । भवन शिलान्यासपछि मुख्यमन्त्री पाण्डेले विश्वविद्यालय आफ्नो आम्दानीबाट आफै चल्न सक्ने अवस्थामा पुर्‍याउनुपर्नेमा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here