२०८१ कार्तिक २ गते, पोखरा । स्वास्थ्य सेवामा क्रियाशील महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले यही कात्तिक १५ गतेबाट आफ्नो कार्यक्षेत्र भित्र तोकिएको कामको सिलसिलामा आवतजावत गर्न निःशुल्क यातायात सुविधा पाउने भएका छन् ।
स्वास्थमन्त्री प्रदीप पौडैलको उपस्थितिमा आज नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाबीच सम्झौता भएको छ ।
यस व्यवस्थाले देशैभरका ५२ हजार भन्दा बढी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई थोरै भए पनि लाभ हुने विश्वास लिएका मन्त्री पौडैलले बताए ।